साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पराकम्पन

फाल्न चाहन्छु नवीन सोच च्यातचुत पार्न चाहन्छु ग्रन्थहरू अन्धवेगमाको यात्रा हुने रहेछ आनन्द लाग्दो न लाज, न घिन मजा दिने रहेन छ सिर्जनाले के नै पो दिने रहेछ र !

Nepal Telecom ad

तेजविलास :

एकचोटि
आँउछ भूकम्प
तथापि
गइरहन्छ पटक-पटक
धेरै पटक
पराकम्पन ।

शायद
त्यस्तै हो कि !
मनको तहमा
ज्ञानको यात्रामा
भूकम्प विनानै
आइरहन्छ
पराकम्पनहरू
कहिले
धर्मका नाममा
कहिले
मानव अधिकारको नाममा
कहिले
सत्ताका नाममा
कहिले
प्रतिपक्षका नाममा ।

अधकल्चो ज्ञान
सहनै सक्दैन
लुटमा लुटपुरिएको धर्म
पैसाले बोलेको मानवाधिकार
उन्मादले उत्ताउलिएको सत्ता
निराशाले निसासिएको प्रतिपक्ष
त्यसैले त
मनको पराकम्प हटाउन
ज्ञानको पराकम्प बिर्सन
फाल्न चाहन्छु नवीन सोच
च्यातचुत पार्न चाहन्छु ग्रन्थहरू
अन्धवेगमाको यात्रा
हुने रहेछ आनन्द लाग्दो
न लाज, न घिन
मजा दिने रहेन छ
सिर्जनाले
के नै पो दिने रहेछ र !
पठनले ।
अवलोकन पो के गर्न छ र !
हिजो आज
गालीको सुतीखेती गर्न
चाहिने रहेन छ कुनै प्रमाण ।

०००
इच्छाकामना- ३, चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
एउटा निर्जीव आकृति

एउटा निर्जीव आकृति

तेजविलास अधिकारी
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x