विष्णुप्रसाद आचार्यकसुर
चाङमाथि चाङ कसुर थपिँदै गएपछि एक दिन आँट गरेरै प्रश्न सोधेँ, “आखिर के कसुर गरेको छु मैले ?”

विष्णुप्रसाद आचार्य :
“मान्छे चिनियो नि त
भो, छाडिदिऊँ ।”
यसो भन्दै उसका सयौँ कसुर माफ गरिदिएँ ।
जब कसुर एक हजार नाघ्यो
अनायासै यसरी भाषा फेरिएछ
“नाङ्गै नाच्नेको सामु आँखा छोपेकै बेस
भो, छाडिदिऊँ ।”
चाङमाथि चाङ कसुर थपिँदै गएपछि
एक दिन आँट गरेरै प्रश्न सोधेँ,
“आखिर के कसुर गरेको छु मैले ?”
उसले नधकाईकन जवाफ दियो-
“मेरा कसुरहरू सहिरहने कसुर गरेका छौ ।”
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































