साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसुर

चाङमाथि चाङ कसुर थपिँदै गएपछि एक दिन आँट गरेरै प्रश्न सोधेँ, “आखिर के कसुर गरेको छु मैले ?”

Nepal Telecom ad

विष्णुप्रसाद आचार्य :

“मान्छे चिनियो नि त
भो, छाडिदिऊँ ।”
यसो भन्दै उसका सयौँ कसुर माफ गरिदिएँ ।

जब कसुर एक हजार नाघ्यो
अनायासै यसरी भाषा फेरिएछ
“नाङ्गै नाच्नेको सामु आँखा छोपेकै बेस
भो, छाडिदिऊँ ।”

चाङमाथि चाङ कसुर थपिँदै गएपछि
एक दिन आँट गरेरै प्रश्न सोधेँ,
“आखिर के कसुर गरेको छु मैले ?”

उसले नधकाईकन जवाफ दियो-
“मेरा कसुरहरू सहिरहने कसुर गरेका छौ ।”

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कति थोक पो सम्झनु र खै !

कति थोक पो सम्झनु...

विष्णुप्रसाद आचार्य
जागिर गरेरै बसिस् ?

जागिर गरेरै बसिस् ?

विष्णुप्रसाद आचार्य
मूर्तिको मैमत्याइँ

मूर्तिको मैमत्याइँ

विष्णुप्रसाद आचार्य
म कागती

म कागती

विष्णुप्रसाद आचार्य
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x