
अस्पताल
“के गर्नु हिरासतमा लिए पछि जहिले अस्पतालमा भर्ना गर्नु पर्ने भि. आइ.पि.ज्यूहरुलाई । क्रमशः सबै प्रहरी कार्यालयहरूमा खोल्नु पर्ला ।” सचिवज्यूको जवाफ थियो ।

ढाकामोहन बराल :
“यो के फाइल हो ?” मन्त्रीज्यूले सोध्नु भयो ।
“एउटा अस्पताल बनाउने प्रकृया अगाडि बढाउनु पर्यो ।” भनेर उहाँलाई भनियो ।
“हुन्छ टेबलमा राखेर जानुहोला ।” मन्त्रीज्यूले भन्नु भयो । स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित विषय आफ्नो टेबलमा आएको देखेर आश्चर्य लाग्यो मन्त्रीज्यूलाई ।
उहाँले घण्टी बजाएर कार्यालय सहयोगीलाई बोलाएर अह्राउनु भयो । “तल पुस्तकालयमा गएर ‘स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड’ लिएर आउनु त ।”
करिव एक घण्टा पछि सचिवज्यूलाई बोलाएर सोध्नु भयो । “के कुरा हो मैले त बुझ्न सकिन सचिवज्यू ? मापदण्ड पनि मिल्दैन, स्वास्थ्यकर्मी कसरी ब्यबस्था गर्ने केही उल्लेख छैन, अर्को मन्त्रालयको काम जस्तो छ ।”
“त्यति गम्भीर भएर सोच्नु पर्दैन मन्त्रीज्यू । स्वास्थ्यकर्मीहरु खास चाहिँदैन । बरू वकिलको दरबन्दी थप्नु पर्ला कि ।” सचिवज्यूले भन्नु भयो ।
“हैन कति शैयाको अस्पताल हो यो ?” मन्त्रीज्यूले पुन फाइल पल्टाउँदै सोध्नु भयो ।
“भि. आई . पि. क्याबिन भएका दस पन्ध्र शैयामात्रको मन्त्रीज्यू ।” सचिवज्यूको उत्तर थियो ।
“कहाँ बनाउनु पर्ने भयो ?” मन्त्रीज्यूले सोध्नु भयो ।
“के गर्नु हिरासतमा लिए पछि जहिले अस्पतालमा भर्ना गर्नु पर्ने भि. आइ.पि.ज्यूहरुलाई । क्रमशः सबै प्रहरी कार्यालयहरूमा खोल्नु पर्ला ।” सचिवज्यूको जवाफ थियो ।
०००
पोखरा ७ मासबार, कास्की ।
Subscribe
Login
0 Comments
Oldest