साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध व्यवहार

वृद्ध हुन्छ भव यो सब जान । पुग्छु त्यो गतिविषे खुद ठान ॥ खानपान मनको खुद देऊ । फिर्छ याम पछि ता सुख लेऊ ॥

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

मूलहीन चिज हुन्न धरामा।
उम्रिएर सँग बढ्छ गरामा ॥
वृद्धमूल सबका गर रक्षा ।
प्राप्त होस् विनयले गुणशिक्षा ॥०१॥

छेउमा बस गई अनि सोध ।
कर्म योग्य पथ हो हित रोज ॥
शब्द पस्क विनयीपन घोली ।
बाँड्दछन् हृदयका सुख खोली॥०२॥

फक्रँदा कुसुमले मन तान्छन् ।
पक्र अग्रजकला हितका छन् ॥
के दिए बल छँदा ? गम नित्य ।
कर्म योग्य छ बडो मन स्तुत्य॥०३॥

ज्येष्ठ छैन भव यो पनि छैन ।
मिल्न सक्छ कसरी सुख चैन ?
ज्येष्ठका डगर दृष्टि विशाल ।
बाँड प्रेम मनले बह फाल ॥०४॥

वृद्ध हुन्छ भव यो सब जान ।
पुग्छु त्यो गतिविषे खुद ठान ॥
खानपान मनको खुद देऊ ।
फिर्छ याम पछि ता सुख लेऊ ॥०५॥

होस गुम्दछ भनी मन लेऊ ।
उठ्न साहस निको बल देऊ ॥
ओखती समयमा पनि देऊ ।
वृद्ध आसिक टिपी सुख लेऊ ॥०६॥

०००
इलाम, हाल भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
माता यी पतिकी मुमा सरह नै…

माता यी पतिकी मुमा...

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x