साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक रुपैयाँ 

Nepal Telecom ad

म हिँडदै थिएँ, बजारको पेटीबाट ।{{read_more}} height=

आफ्नै काममा व्यस्त रक्सी पसले आफ्नो पसल अघिल्तिर कोही हिँडेको चाल पाएर अलिक सतर्क भयो । अनि मलाई देख्नासाथ आशालाग्दो भावभङ्गीले मैले उसको पसल क्रस नगरुन्जेलसम्म मलाई हेरिरह्यो र मनमनै कामना गर्यो– यसले एक बोतल रक्सी किने हुन्थ्यो नि ।

अलिपर पुगेपछि मासु पसलेले मतर्फ हेर्यो । चुपचाप फुर्सदिलो देखिने मासुपसले ठिङ्ग उभिरहेको थियो । आशा गर्यो, दुईचार किलो मासु किनेर बोहनी गरे पनि हुन्थ्यो नि ।

मैले बाटो काटेँ । पारिपट्टि पुग्नासाथ औषधी पसल आइहाल्यो ।
औषधि पसलेले मलाई हेर्यो र मनमनै इच्छा प्रकट गर्यो, यो बिरामी भएर महङ्गो परीक्षण र उपचार गरे हुन्थ्यो नि ।

अलिपर पुगेँ । एउटा कानूनी केन्द्रमा दुई जना मान्छे टेबलमा उपरखुट्टी लगाएर बसिरहेका थिए । 
एउटाचाहिँले मतिर हेरेर आशा गर्यो, यसलाई ठूलो मुद्दा लागेर म कहाँ आए पनि हुन्थ्यो नि ।

म बाँयातर्फ लागेँ ।
ओठबाट करिब कानसम्म लिपिस्टिक लगाएकी उसले मलाई हेरेर कल्पना गरी, यसको तपस्या भङ्ग गरेर गर्जो टार्न पाए पनि हुन्थ्यो नि ।

म दाँयातर्फ मोडिएँ ।
मैलो स्यान्डो गन्जीमा भुँडी कन्याइरहेको होटेलवाला साहुले मलाई हेरेर इच्छा प्रकट गर्यो, यसले मेरो होटेलमा टन्न मासु र भात खाए पनि हुन्थ्यो नि ।

दुई दिनदेखि भोको मेरो शरीर रोमाञ्चित भयो, पुलकित भयो र तत्काल दुर्घटनाग्रस्त भयो किनकी मसँग एक रुपियाँ पनि थिएन ।

काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
सीप

सीप

डा.रवीन्द्र समीर
0
Would love your thoughts, please comment.x
()
x