साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डेट एक्सपायर घोषणापत्र

Nepal Telecom ad

प्रश्न उठ्न सक्छ— रेल, तेल, रोजगारी, केबलकार, समृद्धिजस्ता कुरा लेखिएका घोषणापत्र कसरी डेट एक्सपायर भए ?{{read_more}} गजुरियल जवाफ छ— जुन घोषणा केवल  height=पत्रमा सीमित रहन्छ त्यसलाई जीवन्त भन्न सकिँदैन । घोषणापत्रमा जारी हुने समृद्ध नेपालको सपना र कथा–पुराणहरूमा हुने रामराज्यको कल्पना एउटा कुरा हुन् । 

पत्याउनुहोस् नपत्याउनुहोस्, अधिकांश पार्टीका घोषणापत्र डेट एक्सपायर छन् । देश र जनतालाई अधिकार सम्पन्न बनाउँछौं भन्ने कुरा पृथ्वीनारायण शाहको घोषणा हो । उनले उहिलै भनेका हुन्, ‘प्रजा मोटा भए दरबार बलियो हुन्छ ।’ लोकतन्त्रलाई संस्थागत गर्ने कुरा पनि सात सालकै हो । भलै त्यतिबेला यसलाई ‘प्रजातन्त्र’ भनिथ्यो ।

गाउँको विकास भन्ने कुरा पञ्चायत कालकै एउटा घोषणा थियो । नियत जे भए पनि ‘गाउँ फर्क राष्ट्रिय अभियान’ स्थानीय विकास गर्ने घोषणा नै थियो । सबैलाई रोजगारीको कुरा २०४७ सालमै आएको हो । समृद्ध नेपाल बनाउने दाबी गणतन्त्र आएदेखि नै सुनिँदै आएको हो ।

अहिले पार्टीहरूका घोषणापत्रमा आएका कुरा कुनै नौला हुन् भन्ने लाग्दैन । ल्हासाबाट तेल ल्याउने कुरा ०४५ सालमै आएको हो । खासाबाट रेल ल्याउने कुरा ०५२ सालमै भएको हो । डाँडाकाँडामा केबलकार कुदाउने, समथर तराईमा बुलेट रेल दौडाउने सबै घोषणा डेट एक्सपायर हुन् ।

गजुरियल विश्लेषक भन्छ, डेट एक्सपायर सबै वस्तु हानिकारक हुन्छन् । डेट एक्सपायर खाना शरीरका लागि, डेट एक्सपायर औषधी स्वास्थ्यका लागि, डेट एक्सपायर विचार परिवर्तनका लागि, डेट एक्सपायर सिद्धान्त राजनीतिका लागि अनि डेट एक्सपायर घोषणापत्र सिंगो देशका लागि हानिकारक हुने गजुरियल ठम्याइ छ । 

प्रश्न उठ्न सक्छ— रेल, तेल, रोजगारी, केबलकार, समृद्धिजस्ता कुरा लेखिएका घोषणापत्र कसरी डेट एक्सपायर भए ? गजुरियल जवाफ छ— जुन घोषणा केवल पत्रमा सीमित रहन्छ त्यसलाई जीवन्त भन्न सकिँदैन । घोषणापत्रमा जारी हुने समृद्ध नेपालको सपना र कथा–पुराणहरूमा हुने रामराज्यको कल्पना एउटा कुरा हुन् ।

विभिन्न समयमा हामीलाई इमोसलन ब्ल्याक मेलिङ गरियो । कहिले सिंगापुरको सपना देखाइयो । होला त नि भनेर विश्वास र्गयौं । कहिले स्वीजरल्यान्डको कल्पना गराइयो, साँच्चै हो कि भन्ने मान्यौं । देश न सिंगापुर जस्तो बन्यो, न स्विट्जरल्यान्ड भयो । बेकारमा हाम्रो मन भाँडेर छरपस्ट गराउने काम गरियो । त्यसैले घोषणापत्रमा विश्वास गर्नु हुँदैन भन्ने गजुरियल विश्लेषण छ ।

समय बाँकी छ । अब नयाँ घोषणापत्रवालालाई अस्वीकार गर्नुहोस् । जसले असम्भव, काल्पनिक, कथानक कुराको ठेली लिएर आउँछ उसलाई सोझै भनौं— सरी । थपौं, अहिलेसम्म हामी तिमीले देखाएका सपनामा थियौं, तर अब ब्युँझियौं । सपनामा पो असम्भव पनि सम्भव हुन्छ । बिपनामा त सम्भव कुरा मात्र गर्नुपर्छ । तिम्रा डेट एक्सपायर घोषणा हामीलाई अस्वीकार्य छ ।

बेरोजगारीलाई एकै वर्षमा जरैदेखि निर्मूल गर्ने, गरिबीलाई दुई वर्षमै समाप्त पार्ने, तीन वर्षमै विदेशबाट रेल ल्याउने, चार वर्ष्भित्र देशभित्रै तेल निकाल्ने, पाँच वर्षमा चीनलाई जित्ने, छ वर्षमा अमेरिकाको दाँजोमा पुग्ने, सात वर्षमा चन्द्रमामा बस्ती बसाउनेजस्ता कुरा सोम शर्माका सातु हुन् ।

अब सातु बाँड्ने घोषणापत्र पत्याउने जमाना रहेन । यो सम्भव कुरा मात्र बोल्ने जमाना हो । असम्भव कुरा पत्याउने बेला होइन । आकाशका तारा टिपेर खल्तीमा हालिदिनेजस्ता घोषणा हामीलाई अस्वीकार्य छन् । खल्तीको क्षमताअनुसारको दाम खर्च गर्ने र दामअनुसारको काम, व्यवस्था अनि कुरा मात्र पत्याउनुपर्छ । अब मृत घोषणापत्रको काम छैन । जीवन्त घोषणापत्र मात्र पत्याउनुपर्छ ।

जीवन्त घोषणापत्र यस्तो हुनुपर्छ— प्राथमिकताका आधारमा बेरोजगारलाई रोजगारी दिने, अवस्था हेरेर गरिबको उद्धार गर्ने, शान्ति–सुरक्षाका लागि आजैदेखि एक्सनमा जाने, स्वास्थ्य शिक्षाका लागि अहिल्यै पार्टीले यति सिड मनी निकाल्ने, राष्ट्रियताको रक्षाका लागि भरे बेलुकैदेखि राजदूतहरूसँग अस्वभाविक भेटघाट बन्द गर्ने, विदेशमा अलपत्र परेका जनतालाई लिन भोलि नै हाम्रो पार्टी अध्यक्ष त्यता प्रस्थान गर्ने, भोलि बिहानैदेखि हाम्रो पार्टीका उम्मेदवार बाटो खन्न निस्कने, चुनावको अघिल्लो दिनभित्रमै उक्त बाटो तयार गरिसक्नेजस्ता जीवन्त घोषणापत्र जसले चुनावअघि नै कार्यान्वयन गर्छ भोट उसैलाई दिनुपर्ने गजुरियल ठम्याइ छ ।

‘साप्ताहिक’
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x