सुलसुले‘धर्मको धोक्रो’ लोकार्पण

पोखरा, ०७४ पुस १० । पोखरेली हास्यव्यङ्ग्य निबन्धकार शेषराज भट्टराईको पाँचौँ कृति ‘धर्मको धोक्रो’ लोकार्पण गरिएको छ ।{{read_more}} प्रा.डा. रविलाल अधिकारी र
सिस्नुपानी नेपालका अध्यक्ष तथा बरिष्ठ व्यङ्ग्यकार लक्ष्मण गाम्नागेद्वारा संयुक्त रुपमा उक्त कृति लोकार्पण गरिएको थियो ।
कृतिका बारेमा प्रा. चूडामणि खनालले प्रकाश पारेका थिए भने सह प्रा.डा. नरहरि गौतम, सह प्रा.डा. नारायणप्रसाद अधिकारीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि र विशेष अतिथिहरूले लेखक भट्टराई हास्यव्यङ्ग्य क्षेत्रमा सफल र सक्षम रहेको धारणा व्यक्त गरेका थिए भने मेहनत जारी राख्नु पर्ने धारणा प्रकट गरेका थिए । कार्यक्रम लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालको सभापतित्वमा भएको थियो ।
Subscribe
Login
0 Comments
Oldest












































