सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ठोक्तकको बथान

Nepal Telecom ad

१. प्रश्नोत्तर  height=
यो राज्य कस्को ? छलछाम जस्को
उत्थान कस्को ? ठग जो छ त्यस्को {{read_more}}
सामथ्र्य कस्को ? छ लडाकु उस्को 
सम्मान कस्को ? जुन मूर्ख त्यस्को ।

२.अक्षरहरू 
हजारौं मनहरू चर्केर बसेका छन् 
बेगिन्ती दिलहरू धर्केर बसेका छन् 
स्वार्थका तुम्बाको दौडधुप निरन्तर 
घाउमा नुनचुक छर्केर बसेका छन् ।

३. ल है 
जसरी पनि ऐलेको चुनाब हात नै पार्नु छ 
साथीका घर शहरमा बने म पनि सार्नु छ 
गाउँमा बसे शानमान घट्ने छर्लङ्ङ बुझियो
यहीं म बस्छु भन्न त पर्यो कुरै त टार्नु छ ।

४. यही त होस् 
शदियौंदेखि बुद्धिको शोषण भएरै आएछ 
सुखको खोजी गर्नेले यहाँ झन दुःख पाएछ 
के गर्ने हजुर लाटा र सोझा ठगिने मात्र हो
सामन्ती जाली शोषकका गीत देशले गाएछ ।

हाइकुमै दनक

१. बासी बक्यौता
उधारो आश्वासन 
झूट सम्झौता
धनको खोलो 

आचारसंहिता झ्याम् 
लौ जय बोलो ।

२. जित
पैसाको जित
ओइरो जस्ले हाल्छ 
उसैको हित ।

३.बनाउने रे !
बनाउने रे
समय बितेपछि 
गनाउने रे ।

गुल्मी
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
वन्दे

वन्दे

नारद गौतम
भतिजलाई पत्र

भतिजलाई पत्र

नारद गौतम
दुई ठोकान 

दुई ठोकान 

नारद गौतम
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

एन बि नेपाली
बेलाको बोली- ७८

बेलाको बोली- ७८

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

निशा केसी