सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भतिजलाई पत्र

चाहे उडाउन् सब नै बजेट चाहे धुजा पारिरहुन् गजेट । चाहे ठगुन्, धूर्त बनुन् नबोल्नू । बस्नू सधै चुप्प कुरा नखोल्नू ।

Nepal Telecom ad

नेता बनेका सबैलाइ जानौँ ।
हुन् देवतातुल्य भनेर ठानौँ ।।
जे भन्दछन् त्यो सब मान्नुपर्छ
छ छैन त्यो ठीक नछान्नु पर्छ ।।

चाहे उडाउन् सब नै बजेट
चाहे धुजा पारिरहुन् गजेट ।।
चाहे ठगुन्, धूर्त बनुन् नबोल्नू ।
बस्नू सधै चुप्प कुरा नखोल्नू ।।

झुक्याइराखुन् र छलुन् सधै नै ।
मिचेर खाउन् निमुखा सबै नै ।।
बिरोध तिन्को नगरेर बस्नू ।
गर्नू नमस्कार र तेल घस्नू ।।

चिम्लेर आँखा पछि लाग्नुपर्छ ।
नहोस् कुनै काम नथाक्नुपर्छ ।।
गरून् तिनी भाषण ठोक ताली ।
जाली बनुन् कत्ति नगर्नु गाली ।।

बाँडुन् न आश्वासन के छ घाटा ।
उत्थानका डम्म थुनुन् बाटा ।
नभुल्नु कैल्यै मुख खोल्न हुन्न ।
बिरोधमा अक्षर बोल्न हुन्न ।।

तारीफ गर्नू बरू बोक्नु झोला ।
बन्नू उनैको बरू तोप गोला ।।
आदेश उन्को परिपूर्ण पारौँ ।
बनौँ सधै सेवक पारि तारौँ ।।

जता जसो जे पनि गर्न पाउन् ।
कुरुन् सधै केन्द्र यता नआउन् ।।
माखो नमारून् तर भक्त बन्नू ।
गल्ती गरुन् तापनि क्यै नभन्नू ।।

नेता भनेका त महेश्वरै हुन् ।
अध्यक्ष बन्ने परमेश्वरै हुन् ।।
तिन्का कुरा काट्न कदापि हुन्न ।
नगर्नु है तर्क जसो भनून् ।।

संकल्प पूरा नगरुन् न के भो ?
देशै बिगारून् न त आज के भो ।
थपक्क तिम्ले मुख टाल्नुपर्छ ।
यसै गरी देश उचाल्नुपर्छ ।।

बलेटक्सार – ३, गुल्मी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
वन्दे

वन्दे

नारद गौतम
दुई ठोकान 

दुई ठोकान 

नारद गौतम
ठोक्तकको बथान

ठोक्तकको बथान

नारद गौतम
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)