साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भतिजलाई पत्र

चाहे उडाउन् सब नै बजेट चाहे धुजा पारिरहुन् गजेट । चाहे ठगुन्, धूर्त बनुन् नबोल्नू । बस्नू सधै चुप्प कुरा नखोल्नू ।

Nepal Telecom ad

नेता बनेका सबैलाइ जानौँ ।
हुन् देवतातुल्य भनेर ठानौँ ।।
जे भन्दछन् त्यो सब मान्नुपर्छ
छ छैन त्यो ठीक नछान्नु पर्छ ।।

चाहे उडाउन् सब नै बजेट
चाहे धुजा पारिरहुन् गजेट ।।
चाहे ठगुन्, धूर्त बनुन् नबोल्नू ।
बस्नू सधै चुप्प कुरा नखोल्नू ।।

झुक्याइराखुन् र छलुन् सधै नै ।
मिचेर खाउन् निमुखा सबै नै ।।
बिरोध तिन्को नगरेर बस्नू ।
गर्नू नमस्कार र तेल घस्नू ।।

चिम्लेर आँखा पछि लाग्नुपर्छ ।
नहोस् कुनै काम नथाक्नुपर्छ ।।
गरून् तिनी भाषण ठोक ताली ।
जाली बनुन् कत्ति नगर्नु गाली ।।

बाँडुन् न आश्वासन के छ घाटा ।
उत्थानका डम्म थुनुन् बाटा ।
नभुल्नु कैल्यै मुख खोल्न हुन्न ।
बिरोधमा अक्षर बोल्न हुन्न ।।

तारीफ गर्नू बरू बोक्नु झोला ।
बन्नू उनैको बरू तोप गोला ।।
आदेश उन्को परिपूर्ण पारौँ ।
बनौँ सधै सेवक पारि तारौँ ।।

जता जसो जे पनि गर्न पाउन् ।
कुरुन् सधै केन्द्र यता नआउन् ।।
माखो नमारून् तर भक्त बन्नू ।
गल्ती गरुन् तापनि क्यै नभन्नू ।।

नेता भनेका त महेश्वरै हुन् ।
अध्यक्ष बन्ने परमेश्वरै हुन् ।।
तिन्का कुरा काट्न कदापि हुन्न ।
नगर्नु है तर्क जसो भनून् ।।

संकल्प पूरा नगरुन् न के भो ?
देशै बिगारून् न त आज के भो ।
थपक्क तिम्ले मुख टाल्नुपर्छ ।
यसै गरी देश उचाल्नुपर्छ ।।

बलेटक्सार – ३, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वन्दे

वन्दे

नारद गौतम
दुई ठोकान 

दुई ठोकान 

नारद गौतम
ठोक्तकको बथान

ठोक्तकको बथान

नारद गौतम
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x