साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पशुको व्यापार !

Nepal Telecom ad

विचारको वधशालामा काटिएका 
सहस्र पशुहरूको 
अँध्यारो जुनी पार गरेर {{read_more}} height=
मान्छेको कोखमा जन्म लियौ ! 
तर एउटा सत्यलाई नबिर्स— 
अझै पनि तिमी पशु नै हौ ! 

तिमी पशुव्यापारीका 
थाङ्ना धुन जन्मिएका हौ ! 
रङ्गीन झन्डाहरूको भारी बोक्न 
सपनाको भित्तामा पोस्टर टाँस्न 
र हरेक चुनावमा कुनै प्रश्न नगरी 
एउटा भोट दिन जन्मिएका हौ ! 

तिमीले जुनीभर आफ्ना लागि 
कहिल्यै भोट माग्ने छैनौ ! 
तिम्रो चुनावचिह्न 
हुने छैन यस जुनीमा ! 
तिमीले संसार बदल्ने 
कुनै विचार जन्माउने छैनौ ! 
तिमी आफ्नो आत्माको 
मालिक बन्न सक्ने छैनौ ! 
.
चुनावमा भोट दिइसकेपछि 
तिमी मासुको 
निर्जीव थुप्रो मात्रै बाँकी रहनेछौ ! 
अनि आफ्नै मालिकलाई 
कि उसका प्रतिद्वन्द्वीहरूलाई 
गाली गर्दै रुनु 
तिम्रो स्थायी पेसा हुनेछ ! 

जब पशुव्यापारीहरूले 
बिस्तारै चिर्नेछन् तिम्रो छाला 
र तिम्रै काँचो मासु बेचेर 
वधशालामा हाँस्नेछन् तस्करहरू,
त्यसपछि मात्र 
तिमीले चिन्नेछौ अपराधी 
र आफ्नो काटिएको हात सम्झेर 
मूर्छित हुनेछौ तिमी ! 
.
हे असल र बफादार पशु ! 
कुनै पशुबजारमा 
बेचिनुभन्दा अगाडि यति सोच !! 

२०७४ जेठ १७
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोको

बोको

डा. विप्लव ढकाल
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
राज्यसँग एकालाप

राज्यसँग एकालाप

डा. विप्लव ढकाल
म अज्ञात शहीद आएको छु !

म अज्ञात शहीद आएको...

डा. विप्लव ढकाल
कागजकाे फिरफिरे

कागजकाे फिरफिरे

डा. विप्लव ढकाल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x