फित्काैली डटकमआशिष शैलीको पाँचौँ कृति प्रकाशित
‘हिँडिरहेका आँखाहरू’मा कवि शैलीका समसामयिक जीवन तथा मानवीय संवेदनाका विषयमा लेखिएका ५७ वटा भावपूर्ण कविताहरू छन् ।

काठमाडौं, ०८० असोज २५ । कवि एवं गीतकार रविन्द्र आशिष शैलीका कविताहरूको संकलन ‘हिँडिरहेका आँखाहरू’ प्रकाशित भएको छ ।
सिर्जना अभियान समाजबाट प्रकाशित उक्त कृति स्रष्टाको पहिलो एकल कविता संकलन हो । यसअघि उनका कविताहरू पाँच जना कविहरूको संयुक्त संकलनको रुपमा ‘आजको आकाश’मा प्रकाशित भएका थिए ।
‘हिँडिरहेका आँखाहरू’मा कवि शैलीका समसामयिक जीवन तथा मानवीय संवेदनाका विषयमा लेखिएका ५७ वटा भावपूर्ण कविताहरू छन् ।
‘कठघरामा इतिहास’, ‘हिँडिरहेका आँखाहरू’, ‘झोला’, ‘वाइनाकूलर मन’, ‘चियाको चुस्की’, ‘नयाँ रामायण र बाल्मीकि’, ‘कागज ब्युँझन्छ’, ‘सुन्दर चित्लाङ्ग’ र ‘चिथोर्छ उज्यालो’ले आदि अनुभूतिजन्य कविताहरू पाठकबाट विशेष मन पराइएका छन् ।
यसअघि कवि शैलीका ‘माया महल’ (गजल), ‘शैलीका गीतहरू’ (गीत) र ‘मध्यान्तर’ (मुक्तक) प्रकाशित भइसकेका छन् भने केही गीति अडियो पनि प्रकाशित भएका छन् ।
०००
Subscribe
Login
0 Comments
Oldest








































