साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वाङमयसेवी चित्तरञ्जन नेपाली रहनुभएन  !

उहाँका पारिवारिक मित्रबाट जानकारी पाएअनुसार हिजो चाहिँ अचानक हृदयाघातको कारण ओम अस्पतालमा निधन हुन गएको हो र हिजो नै दाहसंस्कार पनि गरिसकिएको छ।

Nepal Telecom ad

काठमाडाैं, ०८० असाेज ३० । साहित्य जगतमा कविताबाट कलम चलाउन थाल्नुभएका इतिहासविद् चित्तरञ्जन नेपालीको असाेज २९ गते अपरान्ह ४ बजे निधन भएको दु:खद खबर छ।

वि.स. १९८८ साल साउन १० गते न्हैकन्तला काठमाडौँमा जन्मनु भएका उहाँको हालै खुट्टामा ट्युमर आएको भएर केही दिनअघि शल्यक्रिया गरिएको थियो।

उहाँका पारिवारिक मित्रबाट जानकारी पाएअनुसार हिजो चाहिँ अचानक हृदयाघातको कारण ओम अस्पतालमा निधन हुन गएको हो र हिजो नै दाहसंस्कार पनि गरिसकिएको छ।

चित्तरञ्जन नेपाली नेपाल भाषा एकेडेमीका चान्सलर हुनुहुन्थ्यो। उहाँका नेपाल भाषामा कविता सङ्ग्रहहरू ‘मां लुमंका'(आमा सम्झेर) र ‘प्रतिक्रिया’ प्रकाशित छन् भने इतिहाससम्बन्धि ‘नेपाली इतिहास परिचय’, ‘जनरल भीमसेन थापा र तत्कालिन नेपाल’, ‘श्री ५ रणबहादुर शाह’, ‘नेपाल चीन सिमाना सन्धि-इतिहास’ आदि प्रकाशित छन् । यी मध्ये ‘जनरल भीमसेन थापा र तत्कालिन नेपाल’ले २०१३ सालमा नेपालको प्रसिद्ध मदन पुरस्कार पनि प्राप्त गरेको थियो। मदन पुरस्कार २०१३ सालदेखि नै दिन शुरु गरिएको हो।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x