साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हर्षले शुभकामना

मभित्र छट्पटी पोल्छ यस्तै हो कि सबैतिर जिन्दगी पिल्सिएका छन् सर्वत्र चौकुनातिर यो बेला म दसैँ मानौँ या तिहार खुसी बनी हाँसेको छैन यो देश के भनौँ बेखुसी बनी ।

Nepal Telecom ad

कोषराज न्यौपाने :

शरद् अँध्यारो देख्तै छु दसैँमा यसपालि म
इजरायलबाटै झन् शरद् अध्यारियो कि न
देशको स्थिति सुध्रन्न विदेश अलमल्ल छ
जनताको दशा उस्तै सर्वत्र असरल्ल छ ।१।

दसैँ बिचल्ली कस्तो छ हेर्नुहोस् गङ्गबू गई
दुर्दशा जनताको छ को कहाँ को कहाँ भई
यात्रीको दुर्दशा जस्तो बस्नेको पनि दुर्दशा
यो हाम्रो देशमा साँच्चै थुप्रिएको महादशा ।२।

यौटा वर्ग सुतेको छ मस्तीमा छैन आकुल
बाँकी सबैजनालाई देखिँदो छ व्याकुल
देशका निम्ति सोच्ने को के हो नियम कानुन
छट्पटीमा छ यो देश छैनन् कानुन वा नुन ।३।

मभित्र छट्पटी पोल्छ यस्तै हो कि सबैतिर
जिन्दगी पिल्सिएका छन् सर्वत्र चौकुनातिर
यो बेला म दसैँ मानौँ या तिहार खुसी बनी
हाँसेको छैन यो देश के भनौँ बेखुसी बनी ।४।

छठमा सूर्य मुस्कन्नन् रुन्छ नेपाल संवत
कुना छेउ तथा बीच सर्वत्र देशमा खत
ढाड सेक्तो छ महँगी दूर छन् मृदु भावना
यो बेला कसरी अर्पौँ हर्षले शुभकामना ।५।

०००

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाँकी रह्यो यो तुस

बाँकी रह्यो यो तुस

काेषराज न्याैपाने
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x