फित्काैली डटकमअन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलन (२०८०) सम्पन्न
चिचिला गाउँपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रम मकालु साहित्यिक समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले संयोजन गरेका हुन्। पासाङ नुर्वू शेर्पाको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनमा चिचिलाकै १०७ वर्षीय शताब्दी पुरुष मानबीर पैंजो गुरुङ'दारी लामा' रहेका थिए ।
चिचिला, २८ असोज, २०८० । विश्व युद्धको विभिषिकामा गुज्रिरहेको बेला लोपोन्मुख संस्कृतिको संरक्षण गरौं : छिमेकी मुलुकसँग सांस्कृतिक सम्बन्ध सुदृढ बनाऔं भन्ने नाराका साथ सङ्खुवासभाको चिचिला गाउँपालिकामा अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलन(२०८०) सम्पन्न भयो।
चिचिला गाउँपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रम मकालु साहित्यिक समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले संयोजन गरेका हुन्। पासाङ नुर्वू शेर्पाको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनमा चिचिलाकै १०७ वर्षीय शताब्दी पुरुष मानबीर पैंजो गुरुङ’दारी लामा’ रहेका थिए ।
उनी वोन संस्कृतिका धरोहर पनि हुन् । नेपाल र भारतको झण्डा राखेर गरिएको उक्त सम्मेलनमा दुवै देशको राष्ट्रिय गान बजाइएको थियो । शुरुमा भारत सरकारबाट संयोजकलाई लेखेको सम्मान तथा शुभकामनापत्र बाचन पनि गरिएको थियो।
चिचिला गाउँपालिका भित्रका तमु छोंझधी समुदाय, लोहोरुङ समुदाय, तामाङ समुदाय खालिङ समुदाय, दर्जी समुदाय, क्षेत्री समुदाय, याम्फू समुदाय, खालिङ समुदाय, कुलुङ समुदाय, थुलुङ समुदाय, दर्जी समुदाय, विक समुदाय, मेवाहाङ समुदाय, शेर्पा समुदाय, हेभेन्ली पाथको सामूहिक साँस्कृतिक झाँकी र छुट्टाछुट्टै मौलिक झाँकी पनि प्रस्तुत गरिएको थियो ।
सबै विद्यालयका शिक्षक र विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यममा विभिन्न पालिकाका प्रतिनिधि,जातीय समुदाय र कलाकाहरू पनि सहभागी रहे।
धर्मदेवी नगरपालिकाको याख्खा समुदायले डोकेनी सिली, खाँदबारी नगरपालिकाले लोहोरुङको चण्डी नाच, पाँचखपन नगर पालिकाले नेवार समुदायको (लाखे) र चैनपुर नगरपालिकाका उपप्रमुखले नेवारी धिमे नाच सहभागी गराएका थिए ।
सभापोखरी गाउँपालिकाले लिम्बु समुदायबाट च्याब्रुम नाच, भोटखोला गापाले भोटिया समुदायको स्याप्रु नाच, मकालु गाउँपालिकाले याम्फू समाजको च्याब्रुम र तामाङ समुदायको डम्फू सेलो प्रस्तुत गरेका थिए।
भारतको असम कार्वि आङ्लोङका कार्वि कुर्फो अमाइका पाँच समुदायले नाच, गीत र वाद्यवादन प्रस्तुत गरेका थिए।
राजनीतिक दलका प्रतिनिधिहरु, प्रजिअ ज्यू, प्रनाउ घनश्याम श्रेष्ठ, लगायत कार्यालय प्रमुखहरु, राजनीतिक दलबाट दीपकुमार श्रेष्ठ (नेका), टकमान घले (सचिव), एमाले, दिनेस गुरुङ्, दुर्गादेवी चापागाई, चिचिलास्थित सबै दलका प्रतिनिधि थिए ।
खाँदबारीबाट झण्डै २५ किमी उत्तरमा रहेको चिचिला गाउँपालिकामा झरी र यातायातका असुविधाको वावजुद पनि सम्मेलनमा तीनहजार बढी नरनारीको उपस्थिति थियो।
कार्वि कुर्फो अमाई मार्फत भारत सरकारको तर्फबाट महामहिम तनसिं बे (प्रतिनिधि मण्डलका नेता डा. महाविष्णु तक्वीले मन्तब्य राख्दै आफूहरु कार्यक्रममा नेपालको प्रस्तुतिबाट प्रभावित भएको बताउँदै चिचिला गाउपालिकालाई भारतमा कार्वि कल्चर सोसाइटीले जनवरी १४ मा आयोजना गर्ने तारालाङ्सो फेष्टिबलको गोल्डेन जुविलीमा निम्तो पनि गरे ।
अमृत इङ्ती,सार्थे रोङपी लगायत ४७ कलाकारहरुले टिपिकल संस्कृति प्रस्तुत गरे। चिचिलामा कार्विको फु सिङबामन पुजा गर्ने जग्गा दाताहरुको सम्मान भएको थियो । संयोजक बुढाथोकी भारत र नेपाल दुबै तर्फबाट सम्मानित भएका थिए।
कार्वि हेमतुम पी को निर्माण भएपछि चिचिलामा ह्वात्तै पर्यटक बढ्ने विश्वास पालिका प्रमुख पासाङ नुर्वू शेर्पाले ब्यक्त गरे । लोपोन्मुख संस्कृतिको असली रुप खोजी र संरक्षण गर्ने लक्ष पूरा भएको अनुभूति सबै वक्ताहरुले राखेका थिए। दुइ छिमेकी मुलुकलाई जोड्न र भुइँ मान्छेहरुको लोक संस्कृतिको उत्खनन् गर्ने सपना आफूले देखेको र चिचिला गाउँपालिकाले यसलाई विपनामा रुपान्तरण गर्न उल्लेख्य भूमिका निर्वाह गरी सफल समेत भएको टिप्पणी संयोजक एवम् साहित्यकार बुढाथोकीले राखेका छन् ।
संयोजकको परामर्श अनुसार सम्मेलनमा दिइने सम्पूर्ण उपहार पालिका भित्रै उत्पादन गरी प्रदान गर्ने पालिका भित्रकै जनता लाभान्वित हुने गरी सम्पन्न भएको कुरा प्रमुख प्रसाशकीय अधिकृत शुक्रादेवी राईले बताइन्। उपस्थित सबै मानिसले कार्यक्रम अभूतपूर्व रहेको भन्दै प्रसन्नता ब्यक्त गरे।
भोलिपल्ट कार्वि कुर्फो अमाइले बलुथामको काखमा लगभग २३०० मीटरको उचाइमा हिमालयको विधिवत पूजाआजा गरे। मुख्य कुरुसारका अनुसार पूजा अध्यात्मिक रुपमा शतप्रतिशत सफल भएकोले सुख , शान्ति र मैत्री वर्ष रहने बताए । प्रतिनिधिमण्डल स्वदेश फर्केिसकेको छ।
०००
ताराबहादुर बुढाथाेकीद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest







































