साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली साहित्य चौथो शृङ्खला सम्पन्न

वाचन गरिएका अिधकांश कविताकाे विषयवस्तु राष्ट्र, दशैँ, बुढ्यौली पीडा, र समसामयिक विसङ्गतिमा केन्द्रित  थिए ।

Nepal Telecom ad

सर्लाही, ०८० कार्तिक १ । बुढ्यौली साहित्य समाज मकवानपुरका रमेशमोहन अधिकारीकाे प्रमुख आतिथ्यमा बुढ्यौली साहित्य समाज रौतहट-सर्लाहीको बुढ्याैली सिर्जना वाचन चाैथो शृङ्खला सीताराम आधारभूत विद्यालय बलरामा सम्पन्न भएको छ ।

सो कार्यक्रममा सञ्जय मित्र, सञ्जय सुदामा, रामचन्द्र कुशवाहा, घनश्याम पन्त, कुसुम दाहाल, चन्द्रशेखर रस्तोगी, जिपी दाहाल, राजेश ठाकुर, केदारप्रसाद सिग्देल, रूपेश पटेल, प्रतीक्षा साहलगायतले नेपाली तथा बज्जिका भाषामा कविता, गीत, गजल, हाइकू, लघुकथा सुनाएका थिए ।

मन्तव्य दिनेहरूमा शिवचन्द्र शाह, रामबाबु यादव, विपीनविहारी सिंह, विन्दा सहनी, मनमोहन सिंह, वडा अध्यक्ष वीरेन्द्र चौधरी, प्रधानाध्यापक हर्षनारायण सिंह आदि थिए ।

वाचन गरिएका अिधकांश कविताकाे विषयवस्तु राष्ट्र, दशैँ, बुढ्यौली पीडा, र समसामयिक विसङ्गतिमा केन्द्रित  थिए ।

कार्यक्रममा उद्घोषण सचिव किसुनदयाल यादवले, स्वागत सञ्जय सुदामाले तथा अध्यक्षता लम्बोदर काफ्लेले गरेका थिए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x