साइबर अपराध सम्बन्धी सचेतना सामग्री

युवराज भण्डारीको ‘भावनाको तस्वीर’ प्रकाशित

गजलकार भण्डारीका गजलमा विचारको सुन्दर सम्प्रेषण छ भने गजल संरचना र यसका अनुशासनलाई उनले इमानदारीपूर्वक पालना गरेका छन् । उनको कथन मौलिक र सूत्रात्मक छ, अनि कल्पनाशीलता प्रखर छ ।

Nepal Telecom ad

कवि तथा गजलकार युवराज भण्डारीको तेस्रो कृति गजलसङ्ग्रह ‘भावनाको तस्वीर’ बजारमा आएको छ । लेखनमा लामो समयदेखि सक्रिय भण्डारीको यो पहिलो गजलसङ्ग्रह हो ।

यस गजलसङ्ग्रहमा उनका १०१ गजल सङ्गृहीत छन् । पेशाले इन्जिनियर भण्डारीका अन्य प्रकाशित कृतिहरू ‘अर्को कर्नाली (कवितासङ्ग्रह, २०८०) र ‘नारीको आवाज’ (तिजका गीतसङ्ग्रह, २०४७) हुन् ।

‘भावनाको तस्वीर’ गजलसङ्ग्रहमा अग्रज गजलकार बूँद राना र अनेसास केन्द्रीय कार्यसमिति अध्यक्ष गोवर्द्धन पूजाले भूमिका लेखेका छन् ।

लडेको हुँ अझै आँट छ दौडेर जाने
तिमी सोच्छौ मलाई कुल्चेर जाने !

सङ्ग्रहबाट यस शेरलाई उद्धृत गर्दै गजलकार बूँद राना लेख्छन् –
“यो ‘शेर’ मा गुञ्जित गर्जन (चुनौती) चानचुने खालको छैन । मलाई विश्वास छ यहाँ देखाइएको आँट ओंठे आँट होइन, यहाँ गजलकारको आँत बोलेको छ । गजलकार भण्डारीका गजलमा विचारको सुन्दर सम्प्रेषण छ भने गजल संरचना र यसका अनुशासनलाई उनले इमानदारीपूर्वक पालना गरेका छन् । उनको कथन मौलिक र सूत्रात्मक छ, अनि कल्पनाशीलता प्रखर छ ।”

“केही देशका कुरा केही परदेशमा कुरा, केही नीतिका कुरा, केही राजनीतिका कुरा, केही मनका कुरा केही धनका कुरा, केही दर्शनका कुरा केही मननका कुरा, केही शिक्षाका कुरा केही भिक्षाका कुरा …! ‘भावनाको तस्वीर’ यस्तै-यस्तै विषयमा लेखिएका गजलहरूको बनेको छ । यो तस्वीर केवल गजलकार भण्डारीको मात्र भावनाको तस्वीर नबनेर आम पाठकको मनको तस्वीर बनेको छ । समसामयिक विषय बस्तुलाई आफ्नो सिर्जनाको रङले रङ्ग्याएर समयानुकूल आकर्षणको जलप लगाउन सक्नु गजलकारको खुबी हो । यस अर्थमा गजल सङ्ग्रह पठनीय र मननीय बनेको छ ।” भूमिकाको क्रममा कवि तथा गजलकार गोवर्द्धन पूजाले लेखेका छन् ।

प्रवासमा रहेर पनि नेपाली साहित्य सिर्जनामा अनवरत रूपले सक्रिय डुम्रिबेसी, तनहुँ निवासी युवराज भण्डारी हाल क्यानडा छन् । पद्य एवम् गद्य विविध विधामा कलम चलाउँदै आएका भण्डारीका विभिन्न पत्रपत्रिकामा दर्जनौँ फुटकर रचना प्रकाशित हुँदै आइरहेका छन् । यसका साथै उनका आधा दर्जन गीत पनि रेकर्ड भइसकेका छन् ।

गजलकार भण्डारीको ‘भावनाको तस्वीर’ भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । यस कृतिको मूल्य रु. २५० रहेको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x