साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के के बनाए

अँध्यारो छ गल्ली, हिलोले बिचल्ली न बाटो बनाए न धारा बनाए कुनेता चुन्यौ कृष्ण ! तिम्रै छ दोष तिनैले अरू ज्यानमारा बनाए ।

Nepal Telecom ad

कृष्णशरण उपाध्याय पाैडेल :

खजाना र सम्पत्ति चारा बनाए
कठै ! देश मेरो बिचारा बनाए

गफाडीहरू छन् गफै मात्र गर्छन्
यहाँ जुन्किरीबाट तारा बनाए

हिजो स्वर्ग जस्तै थिए गाउँ मेरा
धुवाँ धूलिले ती अँध्यारा बनाए

युवाशक्ति सारा पठाई विदेश
सबै भूमि बाँझा र थारा बनाए

पछारे शयौं स्यालले एक गाई
लुछी खान नङ्ग्रा र दारा बनाए

महङ्गी बढाएर आकाश छोई
धनी निर्धनी सर्वहारा बनाए

अँध्यारो छ गल्ली, हिलोले बिचल्ली
न बाटो बनाए न धारा बनाए

कुनेता चुन्यौ कृष्ण ! तिम्रै छ दोष
तिनैले अरू ज्यानमारा बनाए ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहिले सम्म हो हुने ?

कहिले सम्म हो हुने...

कृष्णशरण उपाध्याय पाैडेल
हुन् बाबु आमा भगवान् समान

हुन् बाबु आमा भगवान्...

कृष्णशरण उपाध्याय पाैडेल
गधा

गधा

कृष्णशरण उपाध्याय पाैडेल
चम्चा हुनू केवल

चम्चा हुनू केवल

कृष्णशरण उपाध्याय पाैडेल
त्यो देश को नाम के ?

त्यो देश को नाम...

कृष्णशरण उपाध्याय पाैडेल
आँखै निकाल्नू अब

आँखै निकाल्नू अब

कृष्णशरण उपाध्याय पाैडेल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x