सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

के के बनाए

अँध्यारो छ गल्ली, हिलोले बिचल्ली न बाटो बनाए न धारा बनाए कुनेता चुन्यौ कृष्ण ! तिम्रै छ दोष तिनैले अरू ज्यानमारा बनाए ।

Nepal Telecom ad

कृष्णशरण उपाध्याय पाैडेल :

खजाना र सम्पत्ति चारा बनाए
कठै ! देश मेरो बिचारा बनाए

गफाडीहरू छन् गफै मात्र गर्छन्
यहाँ जुन्किरीबाट तारा बनाए

हिजो स्वर्ग जस्तै थिए गाउँ मेरा
धुवाँ धूलिले ती अँध्यारा बनाए

युवाशक्ति सारा पठाई विदेश
सबै भूमि बाँझा र थारा बनाए

पछारे शयौं स्यालले एक गाई
लुछी खान नङ्ग्रा र दारा बनाए

महङ्गी बढाएर आकाश छोई
धनी निर्धनी सर्वहारा बनाए

अँध्यारो छ गल्ली, हिलोले बिचल्ली
न बाटो बनाए न धारा बनाए

कुनेता चुन्यौ कृष्ण ! तिम्रै छ दोष
तिनैले अरू ज्यानमारा बनाए ।

०००
चितवन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चम्चा हुनू केवल

चम्चा हुनू केवल

कृष्णशरण उपाध्याय पाैडेल
त्यो देश को नाम के ?

त्यो देश को नाम...

कृष्णशरण उपाध्याय पाैडेल
आँखै निकाल्नू अब

आँखै निकाल्नू अब

कृष्णशरण उपाध्याय पाैडेल
तिहारमा रमाएँ

तिहारमा रमाएँ

कृष्णशरण उपाध्याय पाैडेल
पर्दैन के लज्जित बन्न हामी ?

पर्दैन के लज्जित बन्न...

कृष्णशरण उपाध्याय पाैडेल
गणतन्त्रले के के दियो ?

गणतन्त्रले के के दियो...

कृष्णशरण उपाध्याय पाैडेल
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल