फित्काैली डटकमविभिन्न विधामा स्रष्टा सम्मानित
‘मोहनलता स्रष्टा सम्मान - २०८०’ बाट इलामेली स्रष्टा विमल वैद्य, ‘कविराज स्रष्टा सम्मान -२०८०’ बाट स्रष्टा श्रीबाबु कार्की उदास, ‘उत्कृष्ट वर्ष पुस्तक पुरस्कार- २०८०बाट ‘चोभार ब्लुज’का लागि कथाकार विक्रमभक्त जोशी, ‘राजेन्द्र-हेमलता स्रष्टा सम्मान-२०८०’ बाट मुक्तककार आरती पोखरेल, र ‘कोशी प्रदेश लघुकथा सम्मान -२०८०’ बाट लघुकथाकार मनीषकुमार शर्मा समित, सम्मानित हुनु भएको छ ।

नारी स्रष्टा दिवसको आवसरमा विराटनगरमा नारी स्रष्टा समाजले मिति २०८० मंसिर १ गते स्रष्टा सम्मान समारोह सम्पन्न गरेको छ ।
समारोहमा ‘मोहनलता स्रष्टा सम्मान – २०८०’ बाट इलामेली स्रष्टा विमल वैद्य, ‘कविराज स्रष्टा सम्मान -२०८०’ बाट स्रष्टा श्रीबाबु कार्की उदास, ‘उत्कृष्ट वर्ष पुस्तक पुरस्कार- २०८०बाट ‘चोभार ब्लुज’का लागि कथाकार विक्रमभक्त जोशी, ‘राजेन्द्र-हेमलता स्रष्टा सम्मान-२०८०’ बाट मुक्तककार आरती पोखरेल, र ‘कोशी प्रदेश लघुकथा सम्मान -२०८०’ बाट लघुकथाकार मनीषकुमार शर्मा समित, सम्मानित हुनु भएको छ ।
समाजकी अध्यक्ष ममता मृदुलको अध्यक्षता, प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्य र पूर्व सांसद तथा संस्कृतिकर्मी खेम नेपालीको विशेष आतिथ्यमा सम्मान समारोह सम्पन्न भएको थियो ।
०००
मनिषकुमारद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































