साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यकार विजय चालिसे  र मञ्जु काँचुली सम्मानित

प्रमुख अतिथि अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेले ‘बाटुली खिलध्वज लघुकथा सम्मान—२०८०’ र ‘सावित्री केशर कथा सम्मान—२०८०’ कथाकार चालिसेलाई समर्पण गरेका हुन् ।

Nepal Telecom ad

काठमाडाै, २०८० मङ्सिर १६ । लघुकथा समाज, नेपालले साहित्यकारद्वय मञ्जु काँचुली र विजय चालिसेलाई सम्मानित गरेको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेले ‘बाटुली खिलध्वज लघुकथा सम्मान—२०८०’ र ‘सावित्री केशर कथा सम्मान—२०८०’ कथाकार चालिसेलाई समर्पण गरेका हुन् ।

उक्त सम्मानका साथ सर्जकहरूलाई जनही २१ हजार १ रुपैयाँ नगद राशि प्रदान गरिएको थियो ।

स्रस्टाहरूलाई सम्मानित गर्दै प्रमुख अतिथि घिमिरेले नेपाली साहित्यमा लघुकथा लेखनबारे चर्चा गर्दै भीमनिधि तिवारी, सिद्धिचरण श्रेष्ठहरूले २००० सालअघि नै लघुकथा लेखेको इतिहास उल्लेख गरे ।

समाजका संस्थापक अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ रोदनले लघुकथा लेखनको उन्नयनमा समाजले गरेको क्रियाकलापको चर्चा गरे ।

सो अवसरमा सम्मानका संस्थापकहरूका तर्फबाट हरि थापा, सम्मानित व्यक्तित्वहरू मञ्जु काँचुली, विजय चालिसे, सुमन सौरभ, श्रीबाबु कार्की, तुलसीहरि कोइराला, तारा केसीले बोलेका थिए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x