साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्याकुलीको बिहे

त्यसैले त चुल्ठी समाइ, घर निकाला गरे । माइतमा जा भनेछन् आउने होली भरे ॥ बोल्दिनथी घुसघुसे, रै छे छोरी हावा । दुवै हात कन्चेटमा, प्याकुलीका बाबा ॥

Nepal Telecom ad

छविलाल आचार्य :

अनमेल विवाह हटाइदेऊ, सामन्तीलाई नौ डाँडा कटाइदेऊ २

परालको टौवा देखाइ, बिहे गरिदिन्थे ।
बाध्यतामा हाँसो खुसी, सबै साटिदिन्थे ॥
आजकल कारसँग, बिहे हुन थाल्यो ।
सक्नेले त इज्जत टाल्यो, नसक्नेले फाल्यो ??

नसक्नेले ऋण काड्यो, मन्मा आगो बाल्यो ।
टपर्टुइँया जो छ उस्ले, घुस खान थाल्यो ॥
देखासिकी गर्नै पर्छ ? नगरेर हुन्न ?
फट्याई र ठगीको नै, थाले जाल बुन्न ॥

अनमेल विवाह हाटाइदेऊ, सामन्तीलाई नौ डाँडा कटाइदेऊ २

प्याकुलीको घर्मा आज, टिकोटालो छ रे !
बाह्र सय जन्तीलाई, निम्तो भयो अरे ॥
आठ जोर गर्दुवा र, कार दिने भए ।
घर धितो राखेर नै, ऋण खोज्न गए ॥

दुलहीका साथी सङ्गी, कानेखुसी गर्छन् ।
नखोल्दिनु भित्री कुरा, जे पर्ने हो टर्छन् ॥
डकार्ने र खकार्नेको, नाता जोडिने भो ।
लुकीछिपी लाको माया, अब तोडिने भो ॥

अनमेल विवाह हटाइदेऊ, सामन्तीलाई नौ डाँडा कटाइदेऊ २

जग्जगी र बग्बगीको, बिहे हुने भयो ।
प्याकुलीको व्यथा अर्कै, धोको त्यसै रह्यो ॥
क्याटरिङ्ले खाना तोक्यो, बाह्र सय रेट्मा ।
आधा खाना गलैँचामा, आधा खाना पेट्मा ॥

बरियात अघि बढ्यो, दुलहीको घर्मा ।
कस्ले त्यहाँ बुझिदिने, दुलहीको मर्म ॥
कन्यादान भइसक्यो, दुलाह त छक्क ।
पेटतिर दृष्टि छैन, आँखा आँखा मख्ख ॥

अनमेल विवाह हटाइदेऊ, सामन्तीलाई नौ डाँडा कटाइदेऊ २

टिन्टी मिन्टी नर्सिङ्गे र सनाइको बाजा ।
प्याकुलीको मन अन्तै, बा ले भन्छन् जा जा ॥
मुटुभित्र गाँठो पार्दै, डोली चढी गै छ ।
मैना पाँच के भएथ्यो, सुत्केरी पो भै छ ॥

त्यसैले त चुल्ठी समाइ, घर निकाला गरे ।
माइतमा जा भनेछन् आउने होली भरे ॥
बोल्दिनथी घुसघुसे, रै छे छोरी हावा ।
दुवै हात कन्चेटमा, प्याकुलीका बाबा ॥

अनमेल विवाह हटाइदेऊ , सामन्तीलाई नौ डाँडा कटाइदेऊ २

(प्याकुली नामसँग कसैको नाम मिल्न गएमा सन्जोग मात्र हुनेछ । हुर्के बढेका छोरीहरुसँग सल्लाहनै नगरिकन, तडकभडकमा गरिने विवाहको विरोधमा कोरिएको कविता हो यो ।)

०००
पोखरा  – १६, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नववर्षको शुभकामना

नववर्षको शुभकामना

छविलाल आचार्य
होली

होली

छविलाल आचार्य
पर -जा -तन्त्र !

पर -जा -तन्त्र !

छविलाल आचार्य
गाँडतन्त्र

गाँडतन्त्र

छविलाल आचार्य
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x