साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अर्थोष्मा, ज्ञानोष्मा, रुपोष्मा, पदोष्मा र विवेक

सीताको चर्को स्वर, कानमा रविको घण्टी बज्यो । ढाडमा बालेनको लौरो बजारिनु अघि उठें । द्रौपदी ! मानसपटलमा । कवि त हो, अब छोरी रचनाले के भन्ने हो ? बा यस्तै छ। अनेक सपना देख्छ। अनेक लेख्छ।

Nepal Telecom ad

धनराज गिरी :

शास्त्रीय युगको कथा हो यो, कथा आजको भएको भए अलि उत्तरआधुनिक हुने थियो । पण्डित, जमिन्दार आलोकनाथ चतुर्वेदीको घरमा भटाभट पाँच पुत्र रत्नहरु पैदा भए, हर्लक्क बढे, पढे । द्रव्यनाथ चतुर्वेदी, रुपनारायण चतुर्वेदी, शक्तिबल्लभ चतुर्वेदी, ज्ञानचन्द्र चतुर्वेदी र विवेकरानायण चतुर्वेदी, पाँच पाण्डव नै सम्झाउने । उनको टोललाई हस्तिनापुर, कलियुगको, भन्थे मानिसहरु ।

शास्त्रीय युगबाट उत्तरआधुनिक युगमा आयो जिन्दगी । पाँच भाइकै गुरु बनेर आचार्य द्रोण आएझैं उनीहरुको जीवनमा एउटा खास गुरुको प्रवेश भयो, गुरुको नाम, वैश्वविक परिचय बनाएका पात्र : प्रोफेसर जगमोहन आजाद । पाँच भाइलाई मज्जासित पढाए, शिक्षा मात्र दिएनन्, दीक्षा पनि दिए । परीक्षामा आउने प्रश्नको उत्तर मात्र घोकाएनन्, जिन्दगी नामको परीक्षामा सदैव प्रथम हुने सूत्र पनि बताए । “मेरा उत्तर आधुनिक पाँच पाण्डव हो, जीवनको दिव्यास्त्रहरु, सरलता, सज्जनता, इमान, दया, करुणा, विवेक, मानवता र कर्मयोग हुन्, तिमीहरु कलियुगमा द्वापर युगको विम्ब बनेर जन्मिएका छौं । एकतामा बल हुन्छ । विवेक प्रयोग गर्नू, जीवनमा कुनै समस्या आउन्न ।”

द्रोणाचार्य उर्फ प्रोफेसर जगमोहन आजादको प्रवचन सुनेपछि कान्छो विवेकनारायण चतुर्वेदी बोल्यो, “गुरुदेव, मैले पनि पूरै महाभारत पढें । सबै सिरियलहरु हेरें । अचम्म गुरुदेव, हजुरभित्र द्रोणाचार्य, कृपाचार्य, विदुर काका, देवकीनन्दन, बलराम, व्यास सबै पाएँ । हजुर पनि यो युगको लागि एक वरदान नै हो । यतिखेर हजुर हामी पाँच पाण्डवका लागि त “केशव” नै हुनुहुन्छ, श्रीकृष्ण ! हरे कृष्ण, हरे कृष्ण !” बाँकी चार भाइहरुले पनि समर्थन गरें । मुस्कुरायो प्रोफेसर र उसले देखेको एउटा सपना सुनायो, सपना : अचम्मको नगरीमा पुग्यो प्रोफेसर जगमोहन आजाद ! कसरी पुग्यो ? थाहा भएन । फुलैफूलको बाटिका । निर्मल, विमल, कंचन नीरयुक्त जलासय, पोखरी । हाँसहरु प्रेम विनिमयमा मगन । कमलको फूलले तलाउ शोभायमान । भमराहरु फूलसित व्यस्त ।

शीतल समीर, मन अमीर । पर्यटक भएर डुल्दै डुल्दै एउटा रुखको छहारीमा आराम गर्यो । आँखा लागेछन् । आधा घन्टा निदायो । “बाबु मनराज” मीठो स्वरले निद्रा भंग भयो । सामुन्नेमा एकजोडी, सेतै फुलेका, अनुहारमा चमक छ । “हजुर, प्रणाम” शिष्टाचार व्यक्त गर्यो । “बाबु, हामी तिमीलाई चिन्दछौं । धरतीमा हाम्रो भेट भएन । हाम्रो जेठो “जंगबहादुर हुर्मत” सित पछि परिचय भयो बाबुको । बलिया, बलिया मान्छेहरु हुर्मतको कुरा सुनेर पटना पुगे, बनारस पुगे । हुर्मत अघिल्लो जुनीमा “दुर्योधन” थियो । यहाँ आएर थाहा भयो, केटाकेटीदेखि नै “बथान पिराहा” हो, साँढे हो । लालगन्जमा बदनाम भयो । आमालाई दुःख दियो, सानिमाको शरणमा पुग्यो । फौजी हवल्दारको स्वभाव । भाइमारा हो । बाबुलाई पनि दुःख दिएको कुरा “कायाकैरन” मार्फत् विनोद र सूर्यले थाहा दिए । क्षमा गर है बाबु त्यो नादान बालकलाई । त्यसले आफ्नै इज्जत राख्न जानेन । स्वमान थाहा भएन त्यसलाई । मृदुल बोली छैन, मृदुल नातिनी दिक्क । पूनमको चाँद होला भनेको, आफ्नै ग्रहण बन्यो ।

धीरोदात्त उदात्त धीर बन्ला भनेर “धीरज” को संगत गराइयो । कमल पोखरीमा गएर “नीरज” हेर्न भनियो । रवीना पनि खिन्न् छिन्, मनु र धनुको पनि सत्य कुरा थाहा पाएपछि उदास अरे । देवी, देवी, देवताको खानदान हाम्रो । महादेव नै देव बनेर त्यो हुर्मतलाई जन्माएको । सुपुत्र होला भनेको कुपुत्र जन्मिएछ । सतहमा भाले, भित्र भित्र आलु खाले ! यहाँ आएर सुख पाइएन बाबै ।”

यति भनेर जोडी नै अलप भए । प्रोफेसर जगमोहन आजादले अनेक संझियो । “को हो त्यो मान्छे ?” “यी जोडी को हुन् ?” “लालगन्ज कहाँ छ ?” मित्र“गणेश लाठको” अनेक “गन्ज” मा “लालगन्ज” थपियो । “वेलकम प्रोफेसर साहेब, वेलकम मीठो नारीकण्ठ, “मलाई चिन्नुभयो ?” अपलक हेरिरह्यो, चिनेन । फेरि चिनेजस्तो लाग्यो, “आम्मै, रुपा गांगोली, महाभारत, पान्चाली ?” “होइन, होइन, रुपा गांगोली त अभिनय मात्र हो, म द्रौपदी, पान्चाली नै हुँ । अलि आँखा चिम्लिएर, ध्यान दिएर, घर संझिएर, बिचार गरेर के आभास भयो, भन्नुहोस्त ।” परमादेश पालना गर्यो ।

“आम्मै, मेरी कल्याणी, मेरी प्राणेशवरी, जमुनाबारीकी चमेली, पहाडकी रानी, मेरी दीवानी, सीता……!”

“स्यावास्, यो युगमा म सीता नै हुँ । द्वापर युगमा दिव्यजन्मा द्रौपदी ।”

“यो कसरी संभव भयो देवीजी , कसरी विश्वास गरौं ? एक त म अचेल रुद्राक्षको माला लगाएर पनि नास्तिक भएको छु ।”

“ओम नमो शिवाय ! एघार चोटि जप्नुहोस्त ! अनि रहस्य थाहा हुन्छ ।” मन लगाएर, थाहा पायो, जप्यो, ध्यान गर्यो, थाहा पायो, हस्तिनापुर दर्बारमा व्यासको उपस्थिति, व्यास संझाइरहेका थिए पाँच पाण्डव र द्रौपदीलाई, “पाँच हजार बर्षपछि धरतीमा, त्यतिखेरको तिथिमिति अनुसार सन् १९५८ अगस्ट, २५ मा एक दिव्य बालकको जन्म हुनेछ, चुरेको काखमा, दाबिलेमा । त्यो बालक पाँच पाण्डव र कर्णसहितको एकीकृत रुप हुनेछ । ६ भाइकै विशेषता हुनेछ । चमत्कार मानिनेछ । द्रौपदी, यो युगमा तिमीले दुःख पायौं । कलियुगमा “सीता” बनेर मात्र एक पतिकी जीवनसंगिनी हुनेछ्यौ । तर एउटा कुरा, कडा सास, कडा नन्द र कडा बुहारी बेहोर्न पर्नेछ । अलिअलि दुःख पाए पनि जीवनको उत्तरार्धमा संसार घुम्न पाउनेछ्यौ, आशीर्वाद !”

“हैट, गुरुदेव, कस्तो सपना देख्नुभयो ! यस्तो पनि हुन्छ ?” द्रव्यनाथ बोल्यो । “सपनामा हुन्छ, कल्पनामा हुन्छ । चलचित्रमा हुन्छ, उपन्यासमा हुन्छ ।”

“त्यसो भए गुरुदेव हाम्रो नामको केही अर्थ होला । व्याख्यात्मक टिप्पणी चाहियो रुपनारायण बोल्यो ।

“अर्थोष्मा, ज्ञानोष्मा, पदोष्मा, रुपोष्मा यिनीहरु अहंकारको उद्गम् हुन् । द्रव्यनारायण, अर्थ हो, रुपनारायण, रुप हो, प्रियदर्शिनी वा सुदर्शन, ज्ञाननारायण, यसै पनि ज्ञान भयो, शक्तिबल्लभ पद हो, तिमीहरु चार भाइ पनि गाडी हौं, चालक हो विवेक, तिमीहरुले विवेक पुर्याएर कार्य सम्पादन गरेमा मानवताको रक्षा हुन्छ । तिमीहरुमध्ये एक दम्भी बनेमा भयंकर प्रलय आउँछ । तिमीहरु पूर्ण भएर पनि अपूर्ण छौं, अयुग्म छौं । “अम्बिका + कुन्जरमणि” हुन दयावती, करुणा, सिर्जना, साधना र दीपा नाम गरेका पाँच कन्याहरु खोजेको छु ।”

देवकीनन्दनको पद दियौ, मेरो काम लमीको पनि हो । मार्ग २३ गते तिमीहरुको गठबन्धन हुन्छ । विवाह जनवादी हुनेछ । पुरेत, मेरो शेर खान, शारदाभक्त प्राचार्य “प्रेम रिमाल” हुनेछन् । संपत्तिको धाक लगाउन पाइने छैन । सादगीलाई जीवनपद्धति बनाउनुपर्नेछ । बिहेमा कविता वाचन हुनेछ । आशीर्वाद छ गुरुको ।”

“ए बूढा, ए बूढा, आज गुलमोहर जाने होइन ? रामजी अर्यालको निम्तो छ भनेको होइन ? कति निदाएको उही “प्रोफेसर जगमोहन आजाद” बनेर अलकापुरी कान्तिपुरी मावली पुगेर “शीतयुद्ध, मीत युद्ध, दैत्य संबन्ध भनिएको होला । अल्छी बूढा, थोत्रे बूढा ! अनिल भट्टराईलाई बेरोजगार बनाउने ? खोई गजल ? खोई कथा ? खोई लेख ?”

सीताको चर्को स्वर, कानमा रविको घण्टी बज्यो । ढाडमा बालेनको लौरो बजारिनु अघि उठें । द्रौपदी ! मानसपटलमा । कवि त हो, अब छोरी रचनाले के भन्ने हो ? बा यस्तै छ। अनेक सपना देख्छ। अनेक लेख्छ। जय हो पान्चाली!

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x