फित्काैली डटकमबुढ्यौली साहित्य समाज सिरहा शाखाको गठन
कर्जन्हा नगरपालिका प्रमुख भोलाप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार गणेश अधिकारीको अध्यक्षता सात सदस्यीय समिति गठन भएको हो ।

सिरहा, ०२८० मङ्सिर । साहित्यका माध्यमबाट पाका व्यक्तिका अनुभूति प्रेषण गरी समाजलाई सही दिसानिर्देश गर्ने र जेष्ठ नागरिकप्रति समाजको हेर्ने नकार दृष्टि उल्टाउने आशयले सिराहाको बन्दिपुरमा बुढ्यौली साहित्य समाज सिरहा शाखाको गठन भएको छ ।
कर्जन्हा नगरपालिका प्रमुख भोलाप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार गणेश अधिकारीको अध्यक्षता सात सदस्यीय समिति गठन भएको हो । समितिको उपाध्यक्षमा जिवछ उदासी (यादव), सचिवमा प्रचण्ड कटुवाल र कोषाध्यक्ष पदमा सुशीला राई सर्वसम्मतले चुनिएका छन् । त्यसै गरी सदस्यहरूमा योग भैरव गेलाल (भैरव गेलाल), तुलसा काफ्ले र यमुना प्रसाद पंजियारको नाम रहेको कुरा नवनियुक्त अध्यक्ष गणेश अधिकारीले वताउनुभयो ।
तुलसा काफ्ले र नन्दलाल आचार्यद्वयद्वारा सञ्चालित कार्यक्रममा सहभागीलाई मन्जुरा कार्कीले स्वागत गरेकी थिइन् । बुढ्यौली साहित्य समाज मधेश प्रदेश समिति सदस्य नन्दलाल आचार्यले कार्यक्रमको औचित्य र उपादेयीताका बारेमा चर्चा गर्नुका साथै बुढ्यौली साहित्य बारे सटीक जानकारी गराएका थिए ।
सो भेलामा विशिष्ट अतिथिका रूपमा बुढ्यौली साहित्य समाज मधेश प्रदेश सल्लाहकार (इन्चार्ज) रमेशमोहन अधिकारी, मधेश प्रदेश समिति अध्यक्ष लम्बोदर काफ्ले थिए । अतिथिहरूमा सिराहा मैथिली भाषासाहित्य संयोजक रामरिजन यादव, बुढ्यौली साहित्य समाज मधेश प्रदेश समिति सदस्य तथा बर्दिवास साहित्यिक-सास्कृतिक प्रतिष्ठान बर्दिवास महोत्तरीका अध्यक्ष रामचन्द्र पौडेल, कमला कला साहित्य समाज धनुषाका अध्यक्ष गणेश तिमल्सिना, गौरीशंकर मिथिला वाङमय प्रतिष्ठानका अध्यक्ष प्रेम घिमिरे अग्निकवज, बर्दिवास साहित्यिक-सास्कृतिक प्रतिष्ठानका आख्यान विभाग प्रमुख लीलानाथ गौतम, बुढ्यौली साहित्य समाज महोतरी सचिव नारद काफ्ले लगायतका चार दर्जन साहित्यिक व्यक्तित्वहरू उपस्थिति थियो ।
भेलाले जेष्ठ साहित्यकार गणेश अधिकारीको अध्यक्षतामा सात सदसीय कार्य समिति गठन गरेको छ । उपाध्यक्षमा जिवछ उदासी (यादव), सचिवमा प्रचण्ड कटुवाल, कोषाध्यक्षमा सुशीला राई सर्वसम्मतले चयन भएका छन् । सदस्यहरुमा भने योग भैरव अर्थात् भैरव गेलाल, तुलसा काफ्ले र यमुना प्रसाद पंजियार छनोट भएको जानकारी मधेस प्रदेश समितिका सल्लाहकार रमेशमोहन अधिकारीले जानकारी दिए ।
प्रचण्ड कटुवाल, गजल आचार्य, तुलसा काफ्ले, नन्दलाल आचार्य, भैरव गेलाल लगायत तीन दर्जन साहित्यकारले कथा, कविता, मुक्तक र गजल बाचन गरेका थिए ।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष समेत रहेका नव निर्वाचित अध्यक्ष गणेश अधिकारीले सो प्रथम भेलामा उपस्थिति सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए। उक्त भेला पिभिएम आवासीय मा वि बन्दिपुर, सिराहाको सभाहलमा सम्पन्न भएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest










































