साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होली

नारिका कति अस्मिता लुटिदिए, होली कतै रक्तको । पाई आसीक बाँच्छ बच्छ सहजै, उन्मुक्ती भो शक्तको ॥ गिध्दे दृष्टि छ शक्ति राष्ट्रहरूको, खेल्छन् ति होली सधैँ । फेर्दै रङ्ग नआउ भो अब यता, जासूस चाला हदै ॥

Nepal Telecom ad

छविलाल आचार्य :

पापी नष्ट र सत्यको विजयमा, उल्लासको पर्वले ।
सारा शान्ती समानता अटलभै, बाँचिरहुन् गर्वले ॥
हाम्रो यो ऋतुराजको निकटको, हो चाड उल्लासको ।
होला क्यै कटुता र द्वेष मनमा, सल्ट्याउने आसको ॥१॥

धान्नै मुस्किल भो विधान सबले, बिर्सन्छ आफ्नै पन ।
धेरै दुर्घटना भए सडकमा, होली बन्यो जीवन ॥
होली खेल्दछ त्यो धुलाम्य पथले, बर्षा हिलाले झनै ।
बाटामा पीच उध्रिएर अझ यो, होली बन्यो झन् झनै ॥२॥

होली खेल्दछ क्वै आशाक्तहरूमा, ताकेर गोलीहरू ।
सीमाका किन देखिदैन अझ यी, रक्ताम्य खोलीहरू ॥
रित्ता छन् किन स्वाभिमान पनका, झाम्टा र झोलीहरू ।
ताकेका मनले पुगेन सहजै, फेर्छन् ति बोलीहरू ॥३॥

नारिका कति अस्मिता लुटिदिए, होली कतै रक्तको ।
पाई आसीक बाँच्छ बच्छ सहजै, उन्मुक्ती भो शक्तको ॥
गिध्दे दृष्टि छ शक्ति राष्ट्रहरूको, खेल्छन् ति होली सधैँ ।
फेर्दै रङ्ग नआउ भो अब यता, जासूस चाला हदै ॥४॥

आजै गर्न सिकौँ सुकर्म जती छन्, भोली नआवोस् कतै ।
मान्छेका अधिकार कुण्ठित हुने, लोली नआवोस् कतै ॥
निर्धाको हक खोस्न भो समरको, गोली नआवोस् कतै ।
हाम्रो बुद्ध निवासमा रगतको, होली नआवोस् कतै ॥५॥

०००
पोखरा १६ दीप, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नववर्षको शुभकामना

नववर्षको शुभकामना

छविलाल आचार्य
पर -जा -तन्त्र !

पर -जा -तन्त्र !

छविलाल आचार्य
गाँडतन्त्र

गाँडतन्त्र

छविलाल आचार्य
शहीदको अपमान

शहीदको अपमान

छविलाल आचार्य
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x