छविलाल आचार्यशहीदको अपमान
पर्थे सङ्कटमा तथापी मनमा उत्साह दब्दैनथ्यो । देहै त्याग्न परोस् कदापी मुटुमा नेपाल हट्दैनथ्यो ॥ नाना स्वप्न लिए लडे भुमरिमा छाती फुलाइकन । तिन्का ती वलिदान त्याग कती छन् ? बुझ्दैन स्वार्थी जन ॥

छविलाल आचार्य :
राणातन्त्र ढल्यो, ढल्यो मुलुकमा, पञ्चायती शासन । 
मिच्दै कानुन क्यै चढे शिखरमा डग्दैन खै आसन ॥
गाडीबाट खस्यो बन्यो शाहीद क्वै आँफै लडेता पनि ।
बन्दैनन् किन देश खाँतिर कुनै लड्दै ढलेता पनि ॥१॥
भुल्दैछन् किन हो ? उनै शहिदका विश्वासमा घात छ ।
सत्ता मोह बढ्यो निरीह जनमा उन्मादको लात छ ॥
क्वैका सिंदुर पुच्छिए ती टुहुरा वाला रुँदैछन् कतै ।
धोकेवाज निशर्मीका महलले तारा छुँदैछन् कतै ॥
वाणी एक छ कर्म भिन्न पथको पारा हुँदैछन् कतै ।
सत्ता खाँतिर स्वाभिमान पन यी छाडा हुँदैछन् कतै ॥
वैशाखी भरमा अझै थिरिथिरी खुट्टा कँपायौ किन ?
जिब्रो लट्पट हुन्छ आज किन हो ? बाटो खुलेका दिन ॥३॥
पर्थे सङ्कटमा तथापी मनमा उत्साह दब्दैनथ्यो ।
देहै त्याग्न परोस् कदापी मुटुमा नेपाल हट्दैनथ्यो ॥
नाना स्वप्न लिए लडे भुमरिमा छाती फुलाइकन ।
तिन्का ती वलिदान त्याग कती छन् ? बुझ्दैन स्वार्थी जन ॥४॥
मर्दै बाँच्दछ जो हटाइ सबमा बेहाल सन्जाल यो ।
त्यस्तै वीर शाहीदका रगतले सिन्चिन्छ नेपाल यो ॥
आत्माको चिर शान्ती होस् शहीदको गर्छु म यो कामना ।
नेता हो ! यदि देश भक्त त भए लेउ सहि भावना ॥५॥
०००
पोखरा- १६, कास्की
Subscribe
Login
0 Comments
Oldest











































