साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शहीदको अपमान

पर्थे सङ्कटमा तथापी मनमा उत्साह दब्दैनथ्यो । देहै त्याग्न परोस् कदापी मुटुमा नेपाल हट्दैनथ्यो ॥ नाना स्वप्न लिए लडे भुमरिमा छाती फुलाइकन । तिन्का ती वलिदान त्याग कती छन् ? बुझ्दैन स्वार्थी जन ॥

Nepal Telecom ad

छविलाल आचार्य :

राणातन्त्र ढल्यो, ढल्यो मुलुकमा, पञ्चायती शासन ।
मिच्दै कानुन क्यै चढे शिखरमा डग्दैन खै आसन ॥
गाडीबाट खस्यो बन्यो शाहीद क्वै आँफै लडेता पनि ।
बन्दैनन् किन देश खाँतिर कुनै लड्दै ढलेता पनि ॥१॥

भुल्दैछन् किन हो ? उनै शहिदका विश्वासमा घात छ ।
सत्ता मोह बढ्यो निरीह जनमा उन्मादको लात छ ॥
क्वैका सिंदुर पुच्छिए ती टुहुरा वाला रुँदैछन् कतै ।
धोकेवाज निशर्मीका महलले तारा छुँदैछन् कतै ॥

वाणी एक छ कर्म भिन्न पथको पारा हुँदैछन् कतै ।
सत्ता खाँतिर स्वाभिमान पन यी छाडा हुँदैछन् कतै ॥
वैशाखी भरमा अझै थिरिथिरी खुट्टा कँपायौ किन ?
जिब्रो लट्पट हुन्छ आज किन हो ? बाटो खुलेका दिन ॥३॥

पर्थे सङ्कटमा तथापी मनमा उत्साह दब्दैनथ्यो ।
देहै त्याग्न परोस् कदापी मुटुमा नेपाल हट्दैनथ्यो ॥
नाना स्वप्न लिए लडे भुमरिमा छाती फुलाइकन ।
तिन्का ती वलिदान त्याग कती छन् ? बुझ्दैन स्वार्थी जन ॥४॥

मर्दै बाँच्दछ जो हटाइ सबमा बेहाल सन्जाल यो ।
त्यस्तै वीर शाहीदका रगतले सिन्चिन्छ नेपाल यो ॥
आत्माको चिर शान्ती होस् शहीदको गर्छु म यो कामना ।
नेता हो ! यदि देश भक्त त भए लेउ सहि भावना ॥५॥

०००
पोखरा- १६, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नववर्षको शुभकामना

नववर्षको शुभकामना

छविलाल आचार्य
होली

होली

छविलाल आचार्य
पर -जा -तन्त्र !

पर -जा -तन्त्र !

छविलाल आचार्य
गाँडतन्त्र

गाँडतन्त्र

छविलाल आचार्य
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x