साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौलीमा हुँदैन नहाँसी

सय बर्ष भन्दा बढी, बाँच्नु परेको छ अरुलाई नचाएर, नाँच्नु परेको छ । भोली जान्छु आजसम्म, हाँस्नु परेको छ नयाँ नौला पद्धतिलाई, गाँस्नु परेको छ ॥

Nepal Telecom ad

छबिलाल आचार्य :

असी वर्षे जवानी यो, बुढो भा को छैन
भलो हुने काम गर्छु, जाँगर् गा को छैन ।
सेतै केश फुलेका छन्, शिर् मा सगर् माथा
बोकेर नै अघि बढ्छु, गाउछु वीर् को गाथा ॥
जीवनका फूल् बुट्टा गाँसी, बुढ्यौलिमा हुँदैन नहाँसी … २

धमिलो छ दृष्टि मेरो, चस्मा लगाइदिन्छु
आँखा फोर्ने फट्याङ्रोलाई, टाढा भगाइदिन्छु ।
बैह्रो मात्र बनेको हूँं, आफू मर्‍या छैन
पराइका गाली गलौज, सुन्नु पर्‍या छैन ॥
जीवनका फूल् बुट्टा गाँसी, बुढ्यौलिमा हुँदैन नहाँसी … २

दाँत सबै झरिसके, गिजा मात्रै रह्यो
नरम् नरम् खान पाइने, सुखी जीवन् भयो ।
सिन्को खोजी कोट्याउने, टन्टो हटिसक्यो
दाँत माझ्ने बुरुस् किन्ने, खर्च घटिसक्यो ॥
जीवनका फूल् बुट्टा गाँसी, बुढ्यौलिमा हुँदैन नहाँसी …२

शरीर् धान्ने सत्रु हान्ने, मेरै साथमा छ
भुक्ने टोक्ने जे आएनी, लौरी हातमा छ ।
रात भरी खोक्ने गर्छु, चोर भगाउन
सन्तानको समृद्धि होस्, भन्दै जोगाउन ॥
जीवनका फूल् बुट्टा गाँसी, बुढ्यौलिमा हुँदैन नहाँसी …२

सय बर्ष भन्दा बढी, बाँच्नु परेको छ
अरुलाई नचाएर, नाँच्नु परेको छ ।
भोली जान्छु आजसम्म, हाँस्नु परेको छ
नयाँ नौला पद्धतिलाई, गाँस्नु परेको छ ॥
जीवनका फुल् बुट्टा गाँसी, बुढ्यौलिमा हुँदैन नहाँसी …२

०००
पोखरा १६, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नववर्षको शुभकामना

नववर्षको शुभकामना

छविलाल आचार्य
होली

होली

छविलाल आचार्य
पर -जा -तन्त्र !

पर -जा -तन्त्र !

छविलाल आचार्य
गाँडतन्त्र

गाँडतन्त्र

छविलाल आचार्य
शहीदको अपमान

शहीदको अपमान

छविलाल आचार्य
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x