साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्ट र इमान्दार

घुस्याहाले इमानदारलाई किन पो गन्थे बेइमानले देशै खाए बाउ बाजेले भन्थे घुस्याहकी श्रीमतीका धेरै धेरै गहना इमानदारको कहिल्यै हुन्न सुखी हुने चाहना ।

Nepal Telecom ad

अमर अधिकारी :

भ्रष्टहरू घिउ खाने इमानदारले पानी
छट्टुहरू मान पाउने इमानदारलाई हानी

चम्चागिरी जान्नेलाई नेपालमा ठाउँ छ
सोझा स्थान छैन चोरहरूकै नाउँ छ

बदमासहरू सल्बलाउँछन् चुक्ली पनि लाउँछन्
हाकिमको अघि गई उनकै गुणगान गाउँछन्

मालदार अड्डा ताक्छन् घुस्याहा कर्मचारी
इमानदार राष्ट्रसेवक बन्छन् ब्रह्मचारी

घुसको मुठा घरमा ल्याई बुढीलाई दिन्छन्
सुपरमार्केट गएर महँगा वस्तु किन्छन्

घुस्याहाले इमानदारलाई किन पो गन्थे
बेइमानले देशै खाए बाउ बाजेले भन्थे

घुस्याहकी श्रीमतीका धेरै धेरै गहना
इमानदारको कहिल्यै हुन्न सुखी हुने चाहना

०००
बुढानीलकण्ठ, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
कुर्सी-शरणम् गच्छामि

कुर्सी-शरणम् गच्छामि

नन्दलाल आचार्य
मौसमी भमरा र जनताको आँगन

मौसमी भमरा र जनताको...

नन्दलाल आचार्य
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
जहाँ छन् गिद्धका आँखा

जहाँ छन् गिद्धका आँखा

डा. बमबहादुर जिताली
राष्ट्रिय गीत

राष्ट्रिय गीत

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x