सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भ्रष्ट र इमान्दार

घुस्याहाले इमानदारलाई किन पो गन्थे बेइमानले देशै खाए बाउ बाजेले भन्थे घुस्याहकी श्रीमतीका धेरै धेरै गहना इमानदारको कहिल्यै हुन्न सुखी हुने चाहना ।

Nepal Telecom ad

अमर अधिकारी :

भ्रष्टहरू घिउ खाने इमानदारले पानी
छट्टुहरू मान पाउने इमानदारलाई हानी

चम्चागिरी जान्नेलाई नेपालमा ठाउँ छ
सोझा स्थान छैन चोरहरूकै नाउँ छ

बदमासहरू सल्बलाउँछन् चुक्ली पनि लाउँछन्
हाकिमको अघि गई उनकै गुणगान गाउँछन्

मालदार अड्डा ताक्छन् घुस्याहा कर्मचारी
इमानदार राष्ट्रसेवक बन्छन् ब्रह्मचारी

घुसको मुठा घरमा ल्याई बुढीलाई दिन्छन्
सुपरमार्केट गएर महँगा वस्तु किन्छन्

घुस्याहाले इमानदारलाई किन पो गन्थे
बेइमानले देशै खाए बाउ बाजेले भन्थे

घुस्याहकी श्रीमतीका धेरै धेरै गहना
इमानदारको कहिल्यै हुन्न सुखी हुने चाहना

०००
बुढानीलकण्ठ, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
काेदाकाे पानी

काेदाकाे पानी

रामप्रसाद पन्थी
बादल भुटानी

बादल भुटानी

भवानी बराल
बामदेउ कुरान

बामदेउ कुरान

भवानी बराल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
चोली राम्रो

चोली राम्रो

अशोककुमार शिवा
0
Would love your thoughts, please comment.x
()
x