साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाँडतन्त्र

टाउको खोज्दथे कोई, लुक्थे जङ्गलमा कुनै । सत्ताको मोहमा ऐले, मिलेका छन् उनै उनै ॥ गाँडतन्त्र फसेको छ, विदेशी जालझेलमा । बसेको छ सबै तन्त्र, नेताको झेल खेलमा ॥

Nepal Telecom ad

छबिलाल आचार्य :

राजा प्रजा हुँदा मात्र, प्रजातन्त्र थियो अरे !
तस्करे भ्रष्टको जालो, गाँडतन्त्र भयो अरे ॥
समवेशी भए नेता, नयाँं नौला थरीथरी ।
तस्करे माफिया ऐले, छानिँदैछन् घरीघरी ॥१॥

देश निर्माणको नौलो, नयाँ बाटो खुलाउन ।
लागेछन् पार्टी पङ्तिले, भ्रष्टाचारी लुकाउन ॥
लट्ठिए जनता सारा, चुनावी तन्त्र मन्त्रले ।
रित्यायो ढुकुटी ऐले, हाम्रो यो गाँडतन्त्रले ॥ २॥

चुनावी खेलमा हाम्रा, नेता नोट भिराउँछन् ।
भोज भतेरमा व्यस्त, कोही भट्टी छिराउँछन् ॥
तन्त्रको मन्त्रले मुग्ध, जनता असरल्ल छन् ।
सिंहदर्बार गाँवैमा, नेताजी रसरल्ल छन् ॥३॥

गाँडतन्त्र रमेको छ, भाँडतन्त्र भए सरी ।
आस्थाको मत च्यातेर, हाँस्न थाल्यो वरीपरी ॥
छाडा तन्त्र समेटेर, आफ्नै अर्थ लगाउँछ ।
न त ऊ कानुनै मान्छ, सत्ता मोह जगाउँछ ॥४॥

जो हो भ्रष्ट उसैलाई, अलङ्कार भिराउँछ ।
सच्चा सेवकको माथ, नित्य उस्ले गिराउँछ ॥
जित्नेले हार खेप्दैछ, हार्नेले जीत भन्दछ ।
सत्ता लिप्सा चलेको छ, विकासे गती मन्द छ ॥५॥

नतिजा दिन सक्दैन, आयोग मात्र बन्दछ ।
काण्डै काण्ड घटेका छन्, विकासे गति मन्द छ ॥
चाहियो लास वा सास, लापत्ताहरुको भनी ।
भक्कानो मन पारेर, रुन्छिन् आमा अझै पनि ॥ ६॥

सत्तामा जो रहेका छन्, शक्तिशाली उनै हुने ।
गरीब निमुखा व्यक्ती, छाती पिटी सधैँ रुने ॥
वार्ता वार्ता भनी हिँड्छन्, आफ्नै डम्फू बजाउँछन् ।
निकास हुन्न रे ! शब्द, गाँडतन्त्र भजाउँछन् ॥७॥

आचार संहिता छैन, जे गरे नि हुने भयो ।
राष्ट्रको ढुकुटी सारा, भ्रष्टको जेवमा गयो ॥
खै शक्ती ? कुन हो शुद्ध ? भ्रष्टाचार हटाउने ।
आ-आफ्नै डम्फूको ताल, भ्रष्टतामा अटाउने ॥८॥

टाउको खोज्दथे कोई, लुक्थे जङ्गलमा कुनै ।
सत्ताको मोहमा ऐले, मिलेका छन् उनै उनै ॥
गाँडतन्त्र फसेको छ, विदेशी जालझेलमा ।
बसेको छ सबै तन्त्र, नेताको झेल खेलमा ॥९॥

गणको मत च्यातेर, गण नायक बन्दछन् ।
शुभ यो कामना मेरो, सुनाउँ ? पनि भन्दछ ॥
अधिकार हर्‍यो भन्थे, राजाको राजातन्त्रले ।
गणको चाहना के छ ? पुर्‍याओस् गाँडतन्त्रले ॥१०॥

०००
पोखरा -१६ दीप, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नववर्षको शुभकामना

नववर्षको शुभकामना

छविलाल आचार्य
होली

होली

छविलाल आचार्य
पर -जा -तन्त्र !

पर -जा -तन्त्र !

छविलाल आचार्य
शहीदको अपमान

शहीदको अपमान

छविलाल आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
र ऊ बन्ला कस्तो ?

र ऊ बन्ला कस्तो...

कलानिधि दाहाल
खुसी मान्छे

खुसी मान्छे

डा. छायादत्त न्यौपाने ‘बगर’
छ कहाँ भविष्य ?

छ कहाँ भविष्य ?

चन्द्रप्रसाद न्याैपाने
बेताल छ

बेताल छ

प्रकाश अर्याल
मेरो जेठो छोरो

मेरो जेठो छोरो

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x