साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नववर्षको शुभकामना

अर्काको मतियार भै मुलुकमा हेप्ने र चेप्ने हटुन् । सच्चा मानवता हुनेहरू सबै यै देशमानै अटुन् ॥ लत्यावोस् चुसुवा लठैतहरू जो लुट्थे र रम्थे हदै । हाम्रो वर्ष नयाँ उही विगत झैँ भो भो नआवोस् कतै ॥

Nepal Telecom ad

छविलाल आचार्य :

बाँडेथेँ शुभकामना विगतमा, झन् भ्रष्ट बढ्दै गए ।
लोभी दम्भि र तस्करहरू, झन् प्रष्ट बन्दै गए ॥
जाली भ्रष्ट र क्रुर निच पनका, देख्यौँ जता हो त्यतै ।
हाम्रो वर्ष नयाँ उही विगत झैँ भो भो नआवोस् कतै ॥१॥

नाकाबन्द भयो सीमा वर सर्‍यो काँपिन् धरा थर्थरी ।
हाम्रा ती शुभकामना सँगसँगै आँसू झर्‍यो बर्बरी ॥
कोरोना विष फैलियो मरिसके लाखौंँ जता हो त्यतै ।
हाम्रो वर्ष नयाँ उही विगतझैँ भो भो नआवोस् कतै ॥२॥

बढीले जलमग्न भो धरती यो पैह्रो चलेको थियो ।
कैयौँ लास म देख्दथेँ बगरमा छाती जलेको थियो ॥
कोरोना विष फैलियो मरिसके लाखौंँ जता हो त्यतै ।
हाम्रो वर्ष नयाँ उही विगतझैँ भो भो नआवोस् कतै ॥३॥

अर्काको मतियार भै मुलुकमा हेप्ने र चेप्ने हटुन् ।
सच्चा मानवता हुनेहरू सबै यै देशमानै अटुन् ॥
लत्यावोस् चुसुवा लठैतहरू जो लुट्थे र रम्थे हदै ।
हाम्रो वर्ष नयाँ उही विगत झैँ भो भो नआवोस् कतै ॥४॥

भित्रियोस् अब लोकतन्त्र जनमा ती कन्दरा गोठमा ।
नौला भाव र सिर्जना चलिरहुन् लाली चढून् ओठमा ॥
भागोस् व्यग्र कथा व्यथा विगतका देख्यौँ जता हो त्यतै ।
हाम्रो वर्ष नयाँ उही विगत झैँ भो भो नआवोस् कतै ॥५॥

०००
पोखरा- १६ कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
होली

होली

छविलाल आचार्य
पर -जा -तन्त्र !

पर -जा -तन्त्र !

छविलाल आचार्य
गाँडतन्त्र

गाँडतन्त्र

छविलाल आचार्य
शहीदको अपमान

शहीदको अपमान

छविलाल आचार्य
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x