साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लुते सङ्क्रान्तिको शुभकामना

मान्छे बेच्दछ मान्छेले, तस्करी छ जतातता । कस्तो यो राज्य संयन्त्र ? कस्तो यो दण्डहिनता ।। माफिया तन्त्रले ऐले, देशमा छ हिलै हिलो । लुते सङ्क्रान्तीले फालोस, नेपाली जनको पिलो ।।

Nepal Telecom ad

छविलाल आचार्य :

लुताले थलियो देश, अङ्गमा छ पिलै पिलो ।
निमुखा जनमा यस्ले, पारेकै छ थिलै थिलो ।।
भ्रस्टता कमिसन् तन्त्र, काम हुन्छ ढिलै ढिलो ।
लुते सङ्क्रान्तिले फालोस्,देशमा छ हिलै हिलो ।।१।।

लैजा लैजा लूतो लैजा, अगुल्टो ठोस्नु पर्छ रे !
लूतो फैलाउने माथि, राँको नै झोस्नु पर्छ रे !!
न त मागेर नै दिन्छ, मिलेरै खोस्नु पर्छ रे !
सारङ्गी पेटका ताँती, भाँति छन् पोस्नु पर्छ रे !!२!!

असारे भलमा मात्र, बिकासे मुल फुट्दछ ।
अड्कम् चड्कम् गरी खाने, टाठाको हुल जुट्दछ ।।
लुतो र कोरोना भन्दा, यिनै हुन् मुख्य भक्षक ।
साह्रै छुट्ट्याउनै गाह्रो, को होला देश रक्षक ।।३।।

मान्छे बेच्दछ मान्छेले, तस्करी छ जतातता ।
कस्तो यो राज्य संयन्त्र ? कस्तो यो दण्डहिनता ।।
माफिया तन्त्रले ऐले, देशमा छ हिलै हिलो ।
लुते सङ्क्रान्तीले फालोस, नेपाली जनको पिलो ।।४।।

लूते कुकुर झैँ पूच्छर्, हल्लाई स्वामी भक्त झैँ ।
कलोका भरमा देश, थिल्थिलो छ आशक्त झैँ ।।
खुलेको दिलले हाम्रो, चाड बाड मनाउन ।
सक्रान्ति क्रान्तीमा लागोस्, स्वाभिमानी जनाउन ।।५ ।।

०००
पाेखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नववर्षको शुभकामना

नववर्षको शुभकामना

छविलाल आचार्य
होली

होली

छविलाल आचार्य
पर -जा -तन्त्र !

पर -जा -तन्त्र !

छविलाल आचार्य
गाँडतन्त्र

गाँडतन्त्र

छविलाल आचार्य
शहीदको अपमान

शहीदको अपमान

छविलाल आचार्य
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
रमिता

रमिता

सुशील रिजाल
गोरुको दूध खा बरु

गोरुको दूध खा बरु

रमेश खकुरेल
आओस् अक्कल

आओस् अक्कल

डा. बमबहादुर जिताली
जोगी

जोगी

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x