साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पर -जा -तन्त्र !

सुनमा नुनमा सारा, शक्तिको अनुहार छ । जो आफ्नै श्रममा रम्छ, उसैको नित्य हार छ ॥ चाहे भ्रष्ट भनुन् या त, चाहे गुण्डा भनुन् कतै । पर - जा - तन्त्रमा ऐले, पैसा बोल्छ जताततै ॥

Nepal Telecom ad

छबिलाल आचार्य :

वर्ग सङ्घर्षको बाटो, घातमा अल्झियो अरे !
राष्ट्र बचाउने नारा कुर्सीमा बल्झियो अरे ॥
हाना हान भयो कुर्सी, सिंहको दरबारमा ।
हाम्रो तन्त्र रमेको छ, नेताको घरबारमा ॥१॥

लोगो भित्र छ यो देश, डोकोभित्र नदी जल ।
स्वाभिमानी भयौँ हामी ? नगरौँ अब खल्बल ॥
फसेको छ प्रजातन्त्र, बिदेशी जाल झेलमा ।
बसेको छ प्रजातन्त्र, कुर्सीको खेल खेलमा ॥२॥

युवाको जोसमा लुक्छ, तान्छ लान्छ विदेशमा ।
प्रजातन्त्र रमेको छ, नेताको झेलखेलमा ॥
शक्तिमा छ प्रजातन्त्र, भक्त भै बाँच्नुपर्दछ ।
बम्बैका कोठीमा हेर, नग्न भै नाच्नुपर्दछ ॥३॥

अत्याचार बलात्कार, तन्त्रको मन्त्रनै भयो ।
कमिसन् तन्त्रको पेवा, प्रजातन्त्र रहिरह्यो ॥
तस्करी माफिया तन्त्र, प्रजातन्त्र उदार भो ।
गणतन्त्र प्रजातन्त्र, दुष्टकै अनुहार भो ॥४॥

बिदेशी मार्ग बन्दैछन, सीमा स्तम्भ ढलाउँदै ।
स्वाभिमानी बनेका छौँ, नेपाली कहलाउँदै ॥
लुत्ते कुक्कुरझैँ पुच्छर, हल्लाइ स्वामिभक्त झैँ ।
कलोका भरमा देश, अडेकोछ असक्त झैँ ॥५॥

न्यायकर्ता भए अन्धा, लङ्गडो अख्तियार भो ।
जो जस्ले मन्त्रणा गर्छन्, तिनैको शब्द प्यार भो ॥
पर -जा तन्त्र भन्दैछन्, जो जस्लाई चुने भयो ।
बिरालो दुधको साँची, राखे जस्तै हुने भयो ॥६॥

सुनमा नुनमा सारा, शक्तिको अनुहार छ ।
जो आफ्नै श्रममा रम्छ, उसैको नित्य हार छ ॥
चाहे भ्रष्ट भनुन् या त, चाहे गुण्डा भनुन् कतै ।
पर – जा – तन्त्रमा ऐले, पैसा बोल्छ जताततै ॥७॥

एक तन्त्री तिनै देख्छु, गणतन्त्रीहरु तिनै ।
सर्पको काँचुली जस्तै, कत्ला फेर्छन ती दिन्दिनै ॥
पर-जा- तन्त्रमा रम्दै, लामो लस्कर् बनाउँदै ।
हाम्रो दिवस यो हुर्क्यो, भित्री आँत गनाउँदै ॥८॥

०००
पोखरा १६, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नववर्षको शुभकामना

नववर्षको शुभकामना

छविलाल आचार्य
होली

होली

छविलाल आचार्य
गाँडतन्त्र

गाँडतन्त्र

छविलाल आचार्य
शहीदको अपमान

शहीदको अपमान

छविलाल आचार्य
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x