सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मान्छेमात्र मान्छे

बौद्धिक पगरी एउटा टिलिक्क पारेर गुथिएको छ उनीहरूमा । त्यो पगरी बीचबीचमा आँखा नचाई हेर्दछ, फेरि आँखा चिम्लेर नाच्दछ । मान्छेका बीच मान्छे मानौँ रङ्गीन कपडाको दोकान हो । आफन्तलाई दबाएर भोकै राखेर श्रेष्ठताको खोया आफ्नो जीउमा दल्न बसिरहेको छ ।

Nepal Telecom ad

युवराज मैनाली :

नानीदेखि लागेको बानी ल्याउँदा रहेछन् जहाँ बसे पनि उभिए पनि तानीतानी । मान्छे बाँदरका सन्तान हुन् भन्ने डार्विनको धक्कूलाई केलाउँदा हैन भन्न सकिँदो पनि छैन । पुच्छर घोटेर मिल्काउन सफल भए पनि भुत्ला डढाएर फ्याँके पनि मान्छेले फ्याँक्न सकेको छैन आफ्नो बानी । सर्वश्रेष्ठको चुचुरोमा आफूलाई पुर्‍याएर पनि बुद्धिको घैटोले घाम देखाएर चतुर्‍याँइका चालढालमा आफूलाई नौरङ्गी आवरणमा छोपे पनि अन्ततः आफ्नो पुरातन स्वभाव हुटिट्याउँको खुट्टाझै छर्लङ्ग उजिल्याउने गदाँ छ । यस अर्थमा मान्छेले आफ्नै संस्कारगत बानी आफै थचारेको छ, पछारेको छ, उचालेको छ, नाङ्गो भएर छर्लङ्ग्याएको छ । उदेकै लाग्छ हो उदेकै लाग्छ, अनेकन आविष्कार गरेर अनेक बुद्धि खियाएर सर्वश्रेष्ठतामा आफूलाई उजिल्याएका मान्छे यो संस्कारगत बानी मात्र नखियाएर बसेका किन ?

मान्छेलाई कुमान्छे बनाउन मान्छे नै किन लागि पर्दछन् ? मान्छेभित्र रहेको मान्छेपन दबाउन मान्छे नै खेपेर लागिपरेका छन् किन ? मान्छे भएर कोही जब उभिन खोज्दछ भने त्यस अवस्थामा देख्न नसकेर मान्छे नै टेडोमेढो बक्री परचक्री बनेर खेदो खन्दछन् । जब एक भाइ बाटोमा उभिन्छ अरु अरू सबै भाइहरू ठक्कर दिएर चक्कर चलाएर लडाउन अघि सर्दछन् । यतिले पनि केही लागेन भने बाटै भत्काएर बिगारेर पनि उभिएको ठाउँलाई भ्वाङ्ग पार्दै डङ्ग्रङ्ग लडाउँछन् अनि यी सब हेरेर मान्छे भावुक हुन थाल्दछ । अरूलाई कुल्चेर अघि सर्छ मानिस । यसरी मान्छेले मान्छे नकुल्चिँदो हो त मान्छे कहाँ पुगिसकेका हुन्थे । हिटलर हिटलर हुन्नथ्यो, मुसोलिनी मुसोलिनी रहन्नथ्यो, क्लिन्टन क्लिन हुन्थे, सोभियतसंघ सामान्य ज्ञानको पुस्तकबाट पन्छिन्नथ्यो, अनि चङ्गेजखान, सम्शुद्धिनहरू भष्मासुर पाइला बाल्दै बढ्दैनथे । भियतनामको रक्त आहालको स्वादमा इराक निहुँको पोको बन्दैनथ्यो ।

मान्छेले मान्छेको कथा बनाएर पुराण कोरे । त्यही कथा त्यही पुराण स्वार्थको फ्रेममा राखेर बडेमानको ऐना बन्न पुग्यो । देवताका राजा इन्द्रको स्वर्गासन हल्लिन्छ रे। जब कसैले कुनै पनि मार्गोन्मुख लक्ष्यले तपधर्म गर्दा पनि; किनकि उसमा यौटा संस्कारगत भय सधैं अन्तरमा रहेकै हुन्छ । जानी नजानी पनि कसैले तपधर्म गदां उसको यस कार्यबाट इन्द्र सत्ताच्युत हुनुपर्दछ, सत्ताबाट बाहिरिनु पर्दछ किनकि ऊ पनि यसैगरी सत्तामा बसेको थियो । उसमा त्यो कुराले यत्तिको मनोवैज्ञानिक असर पारेको थियो कि स-साना कुराले पनि उसको मन हल्लन्थ्यो । देवताहरू आफै पलायन हुनुपर्दथ्यो बारम्बार । मान्छेमा यो गुण अभ्झ कमवेशी निहित छ क्या रे, मुखले सर्वे भवन्तु सुखिन भन्ने सङ्गीतमय अलाप हाल्दछ । कामले भष्मासुरको हात बढाउँदै छ ।

कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर । इदम् भ्रष्ट उदम् भ्रष्टम् । संस्कारगत स्वभावको करामतले गुरु-शिष्य, नेता-जनता पिता-भ्राता रगतका नाता सबका सब उही उकालो-ओरालोमा गुजिल्टेको गुजिल्यै । के संसारी यहाँ त जोगी पनि सांसारिकतामा पाकिएका छन् । दाता याचक बनेका छन् याचक दानी। याने कि जतिजति पानी उतिउति प्यासी । यो मनको आँखाको नानी बनेर मान्छे भौतारिरहेछन्, आफ्नो डम्फु बजाउँदै “बसुधैव कुटुम्बकम्” को कुरा कुनै बेला अर्थ लाग्ने गर्दथ्यो होला तर अहिले झन् सर्वभक्षक संरक्षणको सिद्धान्तको गोलोमा जाकिएर अरिङ्गालरूपी मान्छे झनै डस्ने भएका छन् जसले जति अरुलाई डस्न सक्यो उही महारथी सर्वगुणसम्पन्न मात्र होइन महामानव आदि इत्यादि के के जातिको पुरुषार्थी, अझ महापुरुषार्थी ।

यै पुरुषार्थले मान्छेभित्रको मान्छे यौटा, मान्छे बाहिरको मान्छे अर्को यावत् मान्छे नाउँको जन्तु, पानीविनाको माछो भनेझै मुकुण्डोविनाको मान्छेको उपमायमय संसारमा तैरिरहेछन् । अग्न्यास्त्रजस्ता ध्वसात्मक अस्त्रसमेत ओरालेर आफ्नै धरतीको कोख फोडिरहेछन् । अभिनयका लागि यौटा सिद्धान्तको नाङ्लो ठटायो । सरल स्वभावजन्य हुलरूपी हात्तीलाई तर्सायो । आफ्नो दुनो सोझ्यायो । मान्छेबीच मान्छेको विभेद गरायो । वीरवलको खिचडी पकायो यसलाई राजनीतिको नाम दिइयो । यौटा मान्छे वर्गको खेल रे यो । यो वर्गको खेल हेर्दा अब मान्छे वनमान्छे मात्र होइन, राकसको कब्जामा परेको देखा पर्दछ ।

फेरि अर्कोथरि मान्छे तिनका कब्जामा वाष्पीकरणले छोपिएका बटुवासरि नाचिरहेछन् । नाच्नु नै बाध्यता हो उनीहरूको । बौद्धिक पगरी एउटा टिलिक्क पारेर गुथिएको छ उनीहरूमा । त्यो पगरी बीचबीचमा आँखा नचाई हेर्दछ, फेरि आँखा चिम्लेर नाच्दछ । मान्छेका बीच मान्छे मानौँ रङ्गीन कपडाको दोकान हो । आफन्तलाई दबाएर भोकै राखेर श्रेष्ठताको खोया आफ्नो जीउमा दल्न बसिरहेको छ । हरेक कुरा आफै पोको पारी पोको आफ्नो वरिपरि थुपार्दै गइरहेछ, गइरहेछ । त्यो पोको आफ्नो नाकमाथि पुगेपछि आफ्नै के गति हुन्छ त्यो हेक्का हराएर मदमा थपिरहेछ, थपिरहेछ ।

यसरी मान्छे कता गइरहेछ कहाँ पुग्न खोजिरहेछ, पुगेको कहाँ छ यी सब खोजी दिने अरू को छ र ? आखिर खोज्नुपर्ने त तपाईं हामी मान्छेले नै होइन र ? ।

०००
काठमाडौं
भ्रष्टाचारको भाङ (२०६५)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे