साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शनिबारको विदा

नवपुस्तालाई प्रश्न गरेर कक्रक्कै पार्न आउँछ आफूमाथि तेर्सिए भ्रमै भ्रमको तर्कले खान्छ कसैले लेखनीमा बहस गरौँ भन्यो भने आगो हुन्छ, आफैँ जल्छ खरानी त उही हुन्छ तर अर्कोलाई भतभति पोल्छ ।

Nepal Telecom ad

संप्रस पौडेल :

यता स्याँ स्याँ र फ्याँ फ्याँ गर्दै
कवि सम्मेलनमा ट्याइँट्याइँ छ
ताली कसले मार्‍यो कसले हाइ काढ्यो
त्यसको लेखाजोखा गर्दैमा भ्याइनभ्याइ छ

उता कविका हजुरआमा बितेकोमा
क्वाँ क्वाँ गर्दै मलामी जानु छ
दाम घरमैँ छुटेको तर खाम गोजीमैँ आएको भन्दै
फर्केर अर्का कविको सन्तानको बिहे भोज खानु छ

कविहरू कम्तिका क्रान्तिकारी हुँदैनन्
घर झगडा गरेर पनि
मायाप्रेमका कविता सुनाउन भ्याउँछन्
उनीहरूलाई लाग्छ अरूले केही गरेनन्
जे गर्नु तिनकै कविताले गरेका छन्
बाको ओखति हल्टेर पनि छन्द कविले
गद्य कविको घाइते दील भरेका छन्
पहिले आफ्नो सुनायो, भाग्यो
कहिले अर्काको सुन्यो, उडायो
कहिले नवपुस्तामा पूराना कविबारे भ्रम छर्‍यो
कहिले प्रमुख अतिथि नपाएको गुनासो गर्‍यो
अर्को थला पर्‍यो भने भेट्नसम्म जाँदैन
आफूलाई रुघा लाग्दा जुस लिएर आएनन् भन्छ
कविता पढ्नोस् न भन्दा ठस् ठस् ईर्ष्या कन्छ

घरमा सामल सकियोस् कि
अस्पतालमा बिल थपियोस्
पत्नीलाई भात खाएको थाल उठा है भन्दै
जुठै हात सम्मेलनमा दगुर्छ
जाग जाग भन्छ, अघि लाग भन्छ
हँ हँ गर्छ अँ अँ गरेर कविता पूरा गर्छ
घरमा जेसुकै होस् बाहिर त
महिला क्रान्तिकै कुरा गर्छ
छोराले स्टाटस अपडेट गर्छ
आफू प्रविधिबारे कविता लेख्छ ।

नवपुस्तालाई प्रश्न गरेर कक्रक्कै पार्न आउँछ
आफूमाथि तेर्सिए भ्रमै भ्रमको तर्कले खान्छ
कसैले लेखनीमा बहस गरौँ भन्यो भने
आगो हुन्छ, आफैँ जल्छ
खरानी त उही हुन्छ तर
अर्कोलाई भतभति पोल्छ ।

उसलाई देशको मात्रै चिन्ता छ
अस्पतालमा कुर्ने, सम्मेलनमा घुर्ने
रुन्चे कवितामा पछाडि बसेर कुर्लने
पिन्चे कवितामा अगाडि बसेर डुक्रने
रुन्चे न पिन्चेका कवितामा
बीच्चमा बसेर वाह वाह गर्ने
एउटा कविको स्वर्णिम समय
जो छ तालीको फिदा,
चार घन्टा ढुक्यो, लियो प्रमाणपत्रको सिदा
कस्तो हुन्छ तपाईंको ?
यसैगरी जान्छ मेरो शनिबारको विदा ।

०००
हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x