सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अचम्मको पोको

यो संसारको अचम्मको पोकोमा एउटा अचम्मको डोकोमा नेपाल भन्ने देश पनि छ- जहाँ यौटाले, मन्दिर भत्काउँछ, अर्कोले राष्ट्रिय सम्पत्ति जलाउँछ । यसैले भन्न सकिन्छ, नेपालको पोकोमा बाँदरवादी डार्विनको पुर्खा अंशमा परेको छ ।

Nepal Telecom ad

युवराज मैनाली :

यो दुनियाँ अचम्मको पोको हो । जति पाए पनि नमेटिने तृष्णाको धोको हो । मानौँ आँखै आँखाले शरीर भरिएको डोको हो । अडिने र पुग्ने हुँदै नभएको आश्चर्यको एघारौँ अजुवा हो । खुलस्त भन्ने हो भने अचम्म, पक्क, आश्चर्य, अजुवा मात्रैले निर्मित एक प्रकारको रागको प्रवाह मात्रले भरिएको भकुण्डे भूतगोला हो । प्रजातन्त्र-प्रजातन्त्र जपना तपना गर्दै अरु सबैलाई परजा तन्त्रमा पर तुल्याउँदै आफू एउटैलाई अनुकूलतामा चित र पट कुम्ल्याउने मूलमन्त्र हो । मन्त्रसिद्धिका लागि प्यार, लडाइँमा सबै जायज भन्दै गोटी चाल्ने शकुनीको पाशामा खासा दखलदारको घरद्वार हो।

राम नामको ओढ्नी ओढेर प्रकाण्ड पण्डित बन्दै ज्ञानको गङ्गामा शान्तिको डुङ्गा चलाउने ज्ञानीगुनी ध्यानी मदको मातमा मात्तिएर ऐरावत हात्तीमा चढ्दो छ । देश-देश भनेर देशको भक्तिका निम्ति शक्ति खर्चेको बाटै भुलेर बाहिर एउटा भित्र एउटा भेषमा परदेशको औंलामा नाच्दो छ । शान्ति, सौम्य र सोझा जाति बसेको सुरम्य नेपालमा बुद्धको शान्ति पाइलामा बारुदी राग बिच्छ्याउँदो छ । व्याख्याको बिनबाजा कानै नभएका र दाँत झारिएका सर्पलाई सुनाएको भान पारेर सपेरा लुटेरा बन्दो छ । सौम्यता र सरलताले संसार बाँझो भएको हेर्न नसकेर उग्र भीषण रूप लिएका हास्यसम्राट् भैरव कता कता आज आएर अवतारी कलामा हास्यव्यङ्ग्यको खुराक पस्किँदा पस्कँदै अर्याल आफूमाथि खोपेर आफै भित्रभित्रै रोएर वाग्मतीमा पछारिन्छ । सत्यभामा रातैपिच्छे सत्यको लुगा फुकाल्छ, फुकाल्न लगाउँछ । सावित्रीहरू सत्यवानहरूलाई प्रताडित तुल्याउन उद्यत रहन्छन् । ज्ञानमान मूढ रहन्छ । मूढप्रसाद वेगवान कमाउदार देखा पर्दछ । बाबुराम भष्मासुर देखिन्छ ।

रत्नकमल देशलाई मलै तुल्याउन उद्यत हुन्छ । माधव मन्दिर भत्काउँछ । दुशासन असल शासन खोज्दछ । शकुनी कुना कुना पसेर शान्तिको वास्तविक मार्ग पहिल्याउँछ । युधिष्ठिर क्यासिनो चलाउँछ । भीम चिम फोड्दछ, मोटर बाल्दछ, सडकसम्मलाई तर्साउँछ । हुँदा हुँदा अब साहित्यकार पनि फार्से स्वप्नमा इन्द्रधनुषको ताँदो चलाउन थालिसकेछन्- राजनीतिक रङ्गमा आफूलाई घोडा गोरुझैं गाडा बग्गीको अगाडि जोत्न थालिसकेछन् ।

पोको भित्रको केही देखिँदैन, डोको भित्रको सबै देखिन्छ । झन् जामुना गुभाजुको अचम्मको पोको पो भने डोको पनि छोपिन्छ, टालिन्छ। जामुना गुभाजुको पालोमा परदेशी चटकेले छड्के हाल्दा डोकोमा पानी थाप्या पोल्दिएपछि बाज बनेर चटकेको हंस उडाई दिएथ्यो रे । अब त अगुवाको छायाँ स्वरूपमा जामुना गुभाजुहरू आफ्नो शक्तिसीप बिरालो बाँधेर सराद्धे गर्ने भन्दै पुर्खा र जन्मदाताहरूलाई सत्तोसरापको धरापमा गाडेर ‘परदेशी परदेशी जाना नहीँ’ भन्दै चटकीहरूको चटकमा प्रायोजनको चकलेट बाँडेर हूल जमाउने ठेक्का कुम्ल्याउँछन् रे ।

आखिर दुनियाँ उहिले हैन अहिले पो अचम्मको पोकोमा बाँधिदै कस्सिँदै गैरहेको रै’छ । यसैले परिवर्तनशील संसारमा परिवर्तित स्वरूपमा अहम्भन्दा त्वम् शरणम्को रागको उच्चनादको गायन, वादन, नृत्यको डवलीमा यसप्रकारको झकिझकाउ आकाश ढाकिँदो रहेछ ।

खबरमा आउँदा छन् इँटाभट्टाको चिम्नी, तर कसले कुन तह र तप्काले होस गरेको छ ? स्वासै थाम्ने फोक्सोको जिउनी घरभाडा उठे आफू बाँचे भइहाल्यो, खुरुक्क घरभाडामा लगायो, पैसा बटुल्यो, बस अन्त किन जानु घनाबस्ती पुरातात्विक मुटु राजधानीजस्तो ठाउँमा तेजाव पोल्ने सुनको काम गर्ने बङ्गाली बाबू मोसायहरूले निकाल्ने धुवाँलाई न त वडाको जिम्मवालले जिम्मा लिन्छ न वातावरणविद्हरूको पोकोमा घुस्छ । मार खाने त चोक-गल्लीका मान्छेहरूले हो, कसको के जान्छ रेफ्रिजेरेटर झिकाऊ पकेटमनी साथसाथै सरकारी बजेटमा रकेटमनी बढ्छ, मोटरसाइकल, कार, बस झिकाऊ सडक नपुगे पनि टायर बाल्ने बहादुरहरू छँदै छन् ।

यो संसारको अचम्मको पोकोमा एउटा अचम्मको डोकोमा नेपाल भन्ने देश पनि छ- जहाँ यौटाले, मन्दिर भत्काउँछ, अर्कोले राष्ट्रिय सम्पत्ति जलाउँछ । यसैले भन्न सकिन्छ, नेपालको पोकोमा बाँदरवादी डार्विनको पुर्खा अंशमा परेको छ । यसोभन्दा अरूमाथि एक औँला ठड्याउँदा चार औँला आफूतर्फ फर्केको त छदै छ । जेहोस् त्यो नै होइन भने पनि खुब विचारेर हेर्दा आफू पर्सिएको बोको हुँ झैँ लाग्दछ, यसैले बढी नबोलूँ । पोकापतिनाथले अनाथहरूको कल्याण गरुन् । जय नेपाल !

०००
काठमाडौं
भ्रष्टचारको भाङ (२०६५)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे