साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवितालाई चुसाउने धाई चाहियो

अर्जेन्ट छ कवितालाई एउटा माई चाहिएको छ कविताको ललौरी गाइदिने राम्रो गरी गाएर सुनाइदिने हरिया नोट दिने कुरा साँचो छ कविताको राल सिँगान पुछिदिने भरियाको खाँचो छ धाईको खाँचो छ माईको खाँचो छ ।

Nepal Telecom ad

हाेम सुवेदी :

ए कोही छ कि
मेरो कविता कम्लाउन लागेको छ
कविता ब्याएपछि
सुत्केरी सह्यार्ने
धन्दे चाहिएको छ
थाङ्ना धोइदिने
गन्धे चाहिएको छ ।
सेकताप गरिदिने
यता सारिदिने
उता सरिदिने
चाँडै निको पारिदिने
गीत सुनाइदिने
भाडामा कविता गाइदिने
सुत्केरी झोल उमालिदिने
घाँस हालिदिने
जिउ पखालिदिने
कविताको रेखदेख गर्ने
सेकताप गर्ने
कोही छ कि
त्यस्तो चाहिएको छ ।
कसैलाई हरिया नोटको खाँचो छ
कुरा यो साँचो छ
कविताको कम्लाएको फाँचो छ
धाई चाहिएको छ
माई चाहिएको छ
निवेदन मागिएको छ
कामको हकमा
कवितालाई सुताइदिने
कवितालाई मुताइदिने
कवितालाई फेटा गुताइदिने
कान कोट्याइदिने
लँगौटी फेराइदिने
ललौरी गाइदिने
लाम्टा चुसाइदिने
धाईको खाँचो छ ।
कविताका जुम्रा पर्लान्
ठुङ मारिदिनेको खाँचो छ
कवितामा झार उम्रेलान्
गोडिदिने जनको खाँचो छ
कविता ब्याउन ब्याउन लागेको छ
निकै कम्लाकएको फाँचो छ
कविताको बिगौती दुहुने
गोठालाको खाँचो छ
कविता निकै कम्लाएको छ
भरिएको फाँचो छ
कवितालाई थल्लिने बेथा लाग्ला
स्टेचरमा अस्पताल लानु पर्ला
यसैले
भरियाको खाँचो छ
कविता ब्याएपछि
तेल घसिदिने
राल सिँगान पुछिदिने
थाङ्ना धोइदिने
सुसारेको खाँचो छ
कविताको कपालमा
जुम्रा पर्लान्
ठुङ मारिदिने
लिखा झारिदिने
ढाडी मारिदिने
चम्कना टिपिदिने
अलिक आँखा देख्नेको खाँचो छ
कविता कम्लाएको छ
भरिएको फाँचो छ
पुरुषले काम चल्दैन
स्त्रीकै खाँचो छ
चाँडै बियाउने पक्का छ
किनभने भरिएको फाँचो छ
हुन त भरिया जतासुकै पाइन्छन्
कविता गाइदिने
सुताइदिने उठाइदिने
स्त्री नै चाहिन्छन्
कविता जोडिदिने
कविता गोडिदिने
कविता तोडिदिने
कविता फोडिदिने
कविताका लिखा टिपिदिने
कवितालाई नुहाइदिने
कविता सुताइदिने
कविताका बच्चालाई चुसाइदिने
धाई चाहिएको छ
अर्जेन्ट छ
कवितालाई एउटा
माई चाहिएको छ
कविताको ललौरी गाइदिने
राम्रो गरी गाएर सुनाइदिने
हरिया नोट दिने कुरा साँचो छ
कविताको राल सिँगान पुछिदिने
भरियाको खाँचो छ
धाईको खाँचो छ
माईको खाँचो छ ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
हरि ॐ सत्ता सह नौ भुनक्तु

हरि ॐ सत्ता सह...

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x