साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अलमलका कुरा

हुचिल घुम्दछन् माथि फन्फनी अति विरक्त छन् जिन्दगी मुनि कति दुख्यो दुख्यो चित्त कोमल जति गरूँ यहाँ हुन्छ अल्मल ॥

Nepal Telecom ad

डा. खगेन्द्रप्रसाद दाहाल :

सतहका कुरा बुझ्दछन् भुरा
उपर बुन्दछन् जाल माकुरा
छ गहिराइमा भास दल्दल
जति गरूँ यहाँ हुन्छ अल्मल ॥

नयनमा धुलो छर्दछन् यहाँ
पछि घुसी घुसी फुक्दछन् धुवाँ
अभरमा पर्‍यो सुक्खको पल
जति गरूँ यहाँ हुन्छ अल्मल ॥

अझ बिहानमा धुम्म गुम्म छ
सतहमा खुसी भित्र धुम्म छ
उपर मेघले छेक्छ झल्मल
जति गरूँ यहाँ हुन्छ अल्मल ॥

हुचिल घुम्दछन् माथि फन्फनी
अति विरक्त छन् जिन्दगी मुनि
कति दुख्यो दुख्यो चित्त कोमल
जति गरूँ यहाँ हुन्छ अल्मल ॥

रथ सधैँ यहाँ हुन्छ ढल्पल
छ जहिल्यै यहाँ शान्ति खल्बल
नजर खोज्दछन् मात्र झल्मल
जति गरूँ यहाँ हुन्छ अल्मल ॥

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढाको ढिपी

बुढाको ढिपी

डा. खगेन्द्रप्रसाद दाहाल
देशको सान ढल्ला

देशको सान ढल्ला

डा. खगेन्द्रप्रसाद दाहाल
सम्भ्रम

सम्भ्रम

डा. खगेन्द्रप्रसाद दाहाल
घुम्छन् दुखेसा उही

घुम्छन् दुखेसा उही

डा. खगेन्द्रप्रसाद दाहाल
झटाराहरू सोझियून् लक्ष्यतर्फ

झटाराहरू सोझियून् लक्ष्यतर्फ

डा. खगेन्द्रप्रसाद दाहाल
मिलेमतो (२)

मिलेमतो (२)

डा. खगेन्द्रप्रसाद दाहाल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x