साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढ्याङ्ग्रो

उनीहरूको छाती भारि भएका थिए । मुटुमा स्याने सार्कीको उक्त कविताले ठोकेको ढ्याङ्ग्रो अझै बजिरहेकै थियो- ‘ढ्याङ्ढ्याङ ढ्याङ्ढ्याङ् ढ्याङ्ढ्याङ् ढ्याङढ्याङ ...’

Nepal Telecom ad

सुरेश राई :

मुल्याङ्कनको क्रम चलिरहेको थियो । पहिलो निर्णायकको हातमा स्याने सार्कीको कविता पर्‍यो । कविता यति शक्तिशाली थियो कि निर्णायकज्यूको सातोपुत्लो उड्यो । उनलाई भित्रभित्रै एक किसिमको जलन जस्तो भएर आयो । तुरुन्तै कवितालाई शून्य अङ्क दिएर उनी अन्य कविता पढ्नतिर लागे ।

दोस्रो निर्णायकको हातमा पनि उक्त कविता पर्न गयो । अभिव्यक्ति, भाव, चेतना, विचार आदि जम्मैले कविता एक नम्बर थियो । तर उनलाई पनि कविताले पिरोलेन मात्रै अशान्ति नै गरायो । उनले पनि कवितालाई शून्य अंक प्रदान गरे ।

तेस्रो निणर्ायक ज्युले पनि उक्त कविता सहनै सकेनन् । कविता यति बुलन्द थियो कि उनलाई बेस्सरी ईर्ष्या लाग्यो । भित्रभित्रै कताकता डामे जस्तो लाग्यो । कविको थरले त झन् उनलाई छटपटी नै गरायो । उनीबाट पनि उक्त कविताले आखिर शून्य नै पायो ।

यसरी जातीय विभेदविरुद्ध आगो ओकलिएको एउटा सशक्त कविता ‘राष्ट्रिय’ भनिएको प्रतियोगितामा रद्दी साबित भयो र त्यसले शून्याङ्क प्राप्त गर्‍यो । आखिर विजेता तिनै कविताहरू भए जसले ती कथित उच्च जातिका निर्णायकहरूको अहंमा कतै आँच पुर्‍याएनन् ।

पुरस्कार समारोहको दिन सभाहलभरि मानिसहरू खचाखच थिए । मञ्चमा विजेता भएका कविताहरूको वाचनका साथमा बाँसुरी, गीतार र तबलाको मीठो धुन गुन्जिरहेको थियो । सारा दर्शकहरू मन्त्रमुघ्ध थिए । भरपूर आनन्द उठाइरहेका थिए ।

मन्च तल सुरुकै लहरमा बसेका ती तीन निर्णायक महानुभावहरूको मन भने बडो बेचैन थियो । उनीहरूको छाती भारि भएका थिए । मुटुमा स्याने सार्कीको उक्त कविताले ठोकेको ढ्याङ्ग्रो अझै बजिरहेकै थियो-
‘ढ्याङ्ढ्याङ
ढ्याङ्ढ्याङ्
ढ्याङ्ढ्याङ्
ढ्याङढ्याङ …’

०००
बाम्राङ, खोटाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x