साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रोटी महिमा

बुझ्थ्यो कहाँ आदर सो खुनीले । तान्दै छ खुट्टा किन बैगुनीले ॥ बन्दै गयो मानव कष्टकारी । सामर्थ्य खोज्थे धनका सिकारी ॥ चैतन्यको ज्ञान बनेछ रोटी । खोजी बसेको म आज चोटी ॥

Nepal Telecom ad

हेमराज पन्त :

भोको थियो पेट बने म पाले ।
देख्दै छु आफन्त अनेक खाले ॥
सम्मान मुस्कान बनेर आयो ।
चौतर्फ यो बोझ झनै बढायो ॥ १

रोप्दै छु मेरो पसिना म सारा ।
मिल्थ्यो कहाँ को कसको सहारा ॥
बुझ्दैन के इश्वर आँसु धारो ।
देखिन्छ यो जीवन नै उधारो ॥ २

मान्छे बने ज्ञान सुकेर थारो ।
हान्दै छ ताकी उसले झटारो ॥
देऊ तिमी वस्त्र र अन्न ताजा ।
त्यो बैगुनी भन्दछ दूर जाजा ॥ ३

ओढार झैँ पेट बनी पढायौ ।
ती मुर्खलाई शिरमा चढायौ ॥
मिल्दा सयौं स्वार्थ चिनेछ नाता ।
यो जिन्दगी देख्दछु जीर्ण गाता ॥ ४

सोच्दै छ होला जनमा म लाखौं ।
संस्कारको स्वाद बुझेर चाखौ ॥
बुझ्थ्यो कहाँ आदर सो खुनीले ।
तान्दै छ खुट्टा किन बैगुनीले ॥ ५

बन्दै गयो मानव कष्टकारी ।
सामर्थ्य खोज्थे धनका सिकारी ॥
चैतन्यको ज्ञान बनेछ रोटी ।
खोजी बसेको म आज चोटी ॥ ६

०००
पाटन २ सिलङ्गा, बैतडी
हालः-कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पीडा

पीडा

हेमराज पन्त
गुनासो

गुनासो

हेमराज पन्त
म लाछी

म लाछी

हेमराज पन्त
आधुनिकता

आधुनिकता

हेमराज पन्त
जुकेबल

जुकेबल

हेमराज पन्त
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x