साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एयरपोर्टमा जान आशीर्वाद छ

अचेलका मान्छेको विश्वास हुन्न कम दियो भनी पोल लाउलान् पुलिस लाएर समाउलान् फेरि पक्डाउमा परिएला हन्तकलीलाई कम छरिएला एयरपोर्टबाट अन्त सरिएला ।

Nepal Telecom ad

होम सुवेदी :

नाति,
भनसुन गरेर
चिटसिट गरेर
दानदक्षिणा बुझाई
ठुलाबालाई रिझाई
ईकडमतिकडम गरेर
कनिका छरेर
प्रभुको झोला बोकेर
प्रभुको स्तुति घोकेर
शङ्खघण्ट बजाई
आरती गाई
भनेसम्म मागेसम्म बुझाई
सबैलाई पछि पारेर
तिनको सेखी झारेर
बन्दोबस्त गरेर
प्रभुको शरण परेर
आफ्नो पेट काटेर
प्रभुको तलुवा चाटेर
उपबुज्रुग्याइँ छाँटेर
सकेसम्म ढाँटेर
लोकसेवा पास भएको सुनेँ
मनमनै आशीर्वाद दिने कुरा गुने
भाग्गेमानी भए
सोर्स लगाकै हो
थाहा पाकै हो
प्राथमिकता अनुसार
विमानस्थलमै जानू
सुनमा सुत्नू सुन खानू
हाल्नू सुनको छानु
जसरि हुन्छ
एयरपोर्टमै तग्नू
नजानेजसरी ठग्नू
सुनको खोलामा बग्नू
सुनै खानू सुनै हग्नू
अरब कमाउनू
करोड कमाउनू
पक्डाउ परे
लाख बुझाउनू
बाहिर आउनू
भजन गाउनू
तिकडम लाउनू
सकेसम्म भाग बुझाउनू
अचेलका मान्छेको विश्वास हुन्न
कम दियो भनी पोल लाउलान्
पुलिस लाएर समाउलान्
फेरि पक्डाउमा परिएला
हन्तकलीलाई कम छरिएला
एयरपोर्टबाट अन्त सरिएला
त्यहीँ जाऊ
लगाऊ दाउ
खुब कमाऊ
है बाबू
मेरो भित्रबाटै
शुभआशीर्वाद छ ॥

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x