साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनलक – ५

इन्सपेक्टर - ठैट ! अण्डा आखिर अण्डै हो । अजिङ्गरे - अण्डा पनि कुन चैँ रोमाण्टिक अण्डा हो र ! कन्ये पोथीको ता होनि सर । ओसी - त्यसो भए प्यान राम्ररी माझ ल... प्याज परेको होला।

Nepal Telecom ad

कृष्ण प्रधान :

पात्रहरू – चित्रगुप्त, हाँसुली, अजिङ्गरे, मलसाप्रे, इन्सपेक्टर, ओसी ।

चित्रगुप्त – सर हामी पनि च्यातिउँ होला । (बाइक स्टार्ट । दुवै प्रस्थान । दुवैजना .चिया दोकानमा पुग्छन्) ।

हाँसुली – (खुसी हुँदै) नमस्कार दाज्यूहरू । आमामामा… आज कति दिनमा दाजुहरूको अनुहार देख्नु पाएँ हौ ।

अजिङ्गरे – कोरोनाले हाँसुली बैनीसित नभेट्लास् भनेपछि…

मलसाप्रे – कसको के लाग्यो र ?

हाँसुली – अम्मुई के साह्रो डर हौ कोरोनासित । घरकै कोरोनासित थुरथुर होला । (यतिबेला पुलिस भ्यान आएर घ्याच्चै रोकिन्छ । इन्सपेक्टर र ओसी ओर्लिएर सोझै चिया दोकानमा आउँछन्) ।

सबै – नमस्कार सर ।

इन्सपेक्टर – हन तिमीहरू अझै घर पुगेका छैनौ ?

हाँसुली – बल्ल निस्किनु पाको खोरबाट सर…

ओसी – छिटो घर गयो भने ता भाउज्यूले डङ्गुर भाँड़ा थुपारिदिएककी हालिन् !

अजिङ्गरे – खै सर ! अरु केही हुन नसके पनि यो लकडाउनले भाँडा पाइलट ता बनाएको छ ।

मलसाप्रे – मलाई चाहिँ वाशिङ मेशिन बनाएर केही छैन ।

इन्सपेक्टर – र ता यहाँ मोराहरू अहिलेसम्म पनि अल्याङ टल्याङ् गरिररहेका रहेछन् ता ।

हाँसुली – हैन सर ! दाजुहरू मेरो दोकानमा आएपछि ढिलै जान्छन् हई ! सरहरूलाई चिया बनाउँ सर ।

मलसाप्रे – चारवटा बनाऊ । दुई दुईवटा अण्डाकोक अमलेट पनि ल ।

इन्सपेक्टर – म अण्डा खान्न आज ।

अजिङ्गरे – आज मङ्गलबार भनेर सर ?

ओसी – म पनि खान्नँ अण्डा । मङ्गलबार हामी अण्डा खाँदैनौँ ।

मससाप्रे – मङ्गलबार ता म पनि काँ खान्छु र!

अजिङ्गरे – केई हुन्न हौ । म पनि खान्नँ नि । बैनी यसो गरन । प्याज नहाली अमलेट बनाउ न ।

इन्सपेक्टर – ठैट ! अण्डा आखिर अण्डै हो ।

अजिङ्गरे – अण्डा पनि कुन चैँ रोमाण्टिक अण्डा हो र ! कन्ये पोथीको ता होनि सर ।

ओसी – त्यसो भए प्यान राम्ररी माझ ल… प्याज परेको होला।

हाँसुली – मङ्गलबार, शञ्चबार ता म अण्डामा प्याजै चलाउँदिनँ नि सर ।

पर्दा खस्छ ।

०००
सिलिगुडी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तर्सिङहोम (४)

तर्सिङहोम (४)

कृष्ण प्रधान
तर्सिङहोम (३)

तर्सिङहोम (३)

कृष्ण प्रधान
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
झण्डी

झण्डी

कृष्ण प्रधान
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
उखान, इख र अङ्कलको टिभी

उखान, इख र अङ्कलको...

दामाेदर न्याैपाने
बाढीको पाठ

बाढीको पाठ

लक्ष्मी रिजाल
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
ओई मान्छे ! तँलाई सञ्चै छ ?

ओई मान्छे ! तँलाई...

ईश्वर पाेखरेल
गाईजात्रे पात्र !

गाईजात्रे पात्र !

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x