साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तक

लछार्छु पछार्छु झैँ गरी कसिएर लागेका छन् एकता गर्ने भन्दै कुकुर बिरालो जागेका छन् राजनीति जस्तो धुर्त्याई खेल अरु कुन होला .! हेर्नुस् न, सिद्धान्तलाई खुट्टामुनि दागेका छन् ।

Nepal Telecom ad

रेहित सैजु :

१.
तातो बालुवामा पाइला चाल्न खोज्ने हामी हौँ
जेलाई पनि अनुकूलतामा ढाल्न खोज्ने हामी हौँ
म नौलो मान्दिनँ मित्र प्रतिफलमा धोका पाउनु
फाटेको दूधबाट घिउ निकाल्न खोज्ने हामी हौँ

२.
लछार्छु पछार्छु झैँ गरी कसिएर लागेका छन्
एकता गर्ने भन्दै कुकुर बिरालो जागेका छन्
राजनीति जस्तो धुर्त्याई खेल अरु कुन होला .!
हेर्नुस् न, सिद्धान्तलाई खुट्टामुनि दागेका छन् ।

३.
अस्तित्व बचाएर जसरी पनि टिक्नै पर्छ अब
रोएर या कराएर समयानुकूल बिक्नै पर्छ अब
सधैँको लाचारीपन हरे ! कति सहन्छस् अझैँ
कागले कोइलीको चतुर्याईं सिक्नै पर्छ अब

४.
अनुकूल जिउने जिन्दगानी चाहिएको छ
गन्तव्यमा सुनौलो बिहानी चाहिएको छ
जलिरह्यौँ पटकपटक आफ्नै नियतिले
बलेको मन निभाउने पानी चाहिएको छ ।

५.
बिना यो तपस्याले परिपक्व विचार मिल्दैन
अपरिपक्व निणर्यले कुनै व्यवहार मिल्दैन
अवस्थालाई बुझेर सही निणर्य गर्नु साथी
पातहरूबाट रुखलाई उभिने आधार मिल्दैन ।

०००
रामेछाप, हाल काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
क्रान्ति

क्रान्ति

रेहित सैजु
चटकवाद

चटकवाद

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x