फित्काैली डटकमनर्थ क्यारोलाइनामा कुलपति राईको एकल कविता वाचन
नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति तथा प्रसिद्ध कवि भूपाल राईको एकल कविता वाचन कार्यक्रमको तेस्रो श्रृङ्खला युएसएको नर्थ क्यारोलाइनामा सम्पन्न भएको थियो।

अमेरिका । सांस्कृतिक सत्ता र समता´का लागि भन्ने अभियानका क्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति तथा प्रसिद्ध कवि भूपाल राईको एकल कविता वाचन कार्यक्रमको तेस्रो श्रृङ्खला युएसएको नर्थ क्यारोलाइनामा सम्पन्न भएको थियो।
यस क्रममा राईले कविता वाचन गर्नुहुँदै आफू अमेरिकी नेपाली समाज र संस्कृतिकोअध्ययन गर्न आएको बताउनु भएको थियो ।
यस अघि चितवनबाट सुरु भएको राईको कविता वाचनको श्रृङ्खला युएसएकै अर्को राज्य बोस्टनमा दोस्रोपटक आयोजना गरिएको थियोे ।
उक्त कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थ क्यारोलाइना च्याप्टर, नर्थ क्यारोलाइना नेपाली साहित्य समाज र नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाको संयुक्त आयोजनामा सम्पन्न भएको थियोे ।
०००
– प्राज्ञसभा सदस्य चेतनाथ धमलाद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































