साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नलेखिएको कविता

जुन कविताले गाउँ समाज र देश बदलियोस् रत्नाकर वाल्मीकि बनोस् हिटलर बुद्ध बनोस् कविताको यश कृति पनि तिनै लोकमा फैलियोस् हो यस्तै एक कविता अझै लेख्न बाँकी छ मैले ।

Nepal Telecom ad

लक्ष्मीप्रसाद फुयाल :

लेख्न बाँकी नै छ
एउटा यस्तो कविता
जुन कविता सुनेर
आकाशमा उड्दै गरेको बादल
ठप्प रोकियोस्
सुख्खा जमिनमा घनघोर बर्षिएर
जलमग्न हुन् खेत खलियान
वर्षौदेखि तिर्खाएका
तृप्त हुन् ती सारा पशुपंक्षी कीट पतङ्ग
खेतमा मुर्झाएका बाली
कविताका श्लोक सुनेर लहलह झुलुन्
ढकमक्क फुलुन बगैंचाका रङ्गिविरङ्गी फूलहरू
गोठमा बाँधेक गाईले प्रसस्त दुध दिउन्
बाख्राका पाठा कविता सुन्दासुन्दै हलक्क बढुन्।

अस्त्ररुपि कविताका विम्बका झंकारले
भ्रष्टाचार गर्दैगरेका हाकिमको हात कामोस्
अन्यायपूर्ण फैसला गर्ने
न्यायमूर्तिकाे तराजु बेस्सरी हल्लियोस्
कुख्यात डाकुमा कविता सुनेर वैराग जागोस्
दुराचारी अत्याचारीका रोम रोम र्थररर कामुन्।

विदेशिदै गरेका युवा युवती
कविताले देशप्रेमको भाव जागेर
आधाबाटो बाटै झोला फ्याँकेर फन्नक फर्किउन्
हात हातमा औजार बोकेर लम्कदै
देश विकासमा कम्मर कसेर लागुन्।

तोते बोल्दै गरेको नानीले पनि
कविताका श्लोक पढ्दापढ्दै स्पस्ट बोलोस्
ऋचाका मन्त्र झैं कविताको मृदुल भाव
कानमा गुञ्जायमान हुँदा
अस्पतालमा छट्पटाएका बिरामी
जर्याक जुरुक्क उठेर बाटो लागोस्
मृत्युुशैयामा पीडाले छट्पटाउदै गरेका
असक्त रोगी वृद्धवृद्धाहरू
हाँसीहाँसी प्राणमुक्त भएर गोलोक प्राप्त गरुन्।।

जुन कविताले गाउँ समाज र देश बदलियोस्
रत्नाकर वाल्मीकि बनोस्
हिटलर बुद्ध बनोस्
कविताको यश कृति पनि तिनै लोकमा फैलियोस्
हो यस्तै एक कविता अझै लेख्न बाँकी छ मैले ।।

०००
२०८० -८-२४
पथरी शनिश्चरे, मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधुनिक तीज

आधुनिक तीज

लक्ष्मीप्रसाद फुयाल
जागौँ उठौँ युवा

जागौँ उठौँ युवा

लक्ष्मीप्रसाद फुयाल
चार ठोक्तक

चार ठोक्तक

लक्ष्मीप्रसाद फुयाल
बुख्याँचाको आतङ्क

बुख्याँचाको आतङ्क

लक्ष्मीप्रसाद फुयाल
माटोको कथा

माटोको कथा

लक्ष्मीप्रसाद फुयाल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x