साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माटोको कथा

कतै छ सत्ताको गान कतै छ माटोको कथा साधना अमर हुन्छ लौ साधकत्व मेटिँदैन ॥

Nepal Telecom ad

लक्ष्मीप्रसाद फुयाल :

कोही लेख्छ काव्य मिठो तर पस्किँदैन !
कवित्व पोखिएर कहिं रत्ति भर रित्तिँदैन ॥

साटिन्छन् खादा,तक्मा मञ्च मान यदाकदा
गुमनाम बस्न सक्छन् सच्चा कवि बेचिँदैन ॥

निसङ्कोच भए मात्र काव्य फुर्छ फुरुफुरु
सङ्कोच बोकि मनमा गह्रौं भाव लेखिँदैन ॥

कोईली गाँउछ मीठो काग गर्छ क्याँक्याँक
बाडिन्छ है काव्यधारा दम्भ धाक बाडिँदैन ॥

अगाडि बढ्छ उहि जो गर्छ नित्य साधना
बोकेर गर्भ बाटै ज्ञान कतै कोही जन्मिँदैन॥

कतै छ सत्ताको गान कतै छ माटोको कथा
साधना अमर हुन्छ लौ साधकत्व मेटिँदैन ॥

०००
पथरी शनिस्चरे, मोरङ 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधुनिक तीज

आधुनिक तीज

लक्ष्मीप्रसाद फुयाल
जागौँ उठौँ युवा

जागौँ उठौँ युवा

लक्ष्मीप्रसाद फुयाल
चार ठोक्तक

चार ठोक्तक

लक्ष्मीप्रसाद फुयाल
बुख्याँचाको आतङ्क

बुख्याँचाको आतङ्क

लक्ष्मीप्रसाद फुयाल
नलेखिएको कविता

नलेखिएको कविता

लक्ष्मीप्रसाद फुयाल
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x