साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधुनिक तीज

यद्यपि आधुनिकताको नाममा कसैले होटलको महँगो भोजमा तीज मनाइरहेछन्। फेसबुक र टिकटकमा कैद गर्न तडकभडकको वर्षा छ तीज गीतको ताल केवल देखावटी नृत्यको पार्श्व–संगीत बन्दैछ।

Nepal Telecom ad

लक्ष्मीप्रसाद फुयाल :

तीज आयो
रातो सारी, गहना चुरामा धपक्क सजिदै
गीत, नृत्य, हाँसो र उत्साहको लहर लिएर।
अब
छोरीहरूका ससक्तिकरणले
भोक प्यास वेथिती र
विभेदका पर्खाल भत्काउँदै,
अवसर र सपनाहरू
स्वतन्त्रताको बाटोमा सलल बग्दैछन्।

यो खुसीको कुरा हो
तीज अब
अधिकारको गीत बनेको छ,
समानताका नारी स्वरले
स्वतन्त्रताक‍ आकाशमा
अवसरको उडान भरेको छ।

तर…
यही भीडमा केही स्वर दविएका छन्
सजावटको चमकमा
सादगी मौलिकतालाई चिहान बनाइएकोछ।
कसैले बुहारी भोकै बस्नुपर्ने
बर्सौँ चेली माइती भेट नहुने
पुरानो पीडाको कथा भुलेका छन्,
र सँगै भुलेका छन्
तीजको महिमा र साधना पनि
चुलोचौकोमा बाँधिएकी
थकित आमाले
अझै भान्सामै पसिना बगाइरहेकी छन्।

यद्यपि
आधुनिकताको नाममा
कसैले होटलको महँगो भोजमा तीज मनाइरहेछन्।
फेसबुक र टिकटकमा कैद गर्न
तडकभडकको वर्षा छ
तीज गीतको अर्थ र मर्म हराउँदा
तीज गीतको ताल केवल
देखावटी नृत्यको पार्श्व–संगीत बन्दैछ।

तीज
जरा पुरानो र पात नयाँ बोकेर
देखावटी प्रतिस्पर्धाको भुमरीमा रुमलिदा
तीज संस्कृति उज्यालोमा
गलत संस्कारको छायाँ पर्दैछ
त्यो छायाँ हटाउन,
हामी सबै मिलेर
हाम्रो चेतनाको दियालोमा तेल थप्दै
तीज संस्कृतिको उज्यालो छरिरहनुपर्छ।

०००
माेरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जागौँ उठौँ युवा

जागौँ उठौँ युवा

लक्ष्मीप्रसाद फुयाल
चार ठोक्तक

चार ठोक्तक

लक्ष्मीप्रसाद फुयाल
बुख्याँचाको आतङ्क

बुख्याँचाको आतङ्क

लक्ष्मीप्रसाद फुयाल
नलेखिएको कविता

नलेखिएको कविता

लक्ष्मीप्रसाद फुयाल
माटोको कथा

माटोको कथा

लक्ष्मीप्रसाद फुयाल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x