साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

तलाउमा कमलसँगै पहरामा सुनाखरी फुल्न सकोस् भोक, शोक, तृष्णा, तृप्ती सबैका घरमा डुल्न सकोस् मधेशमा शितलहरको कहर, भोक अत्याउछ झुपडीमा धनी गरिब सबैका झुपडीमा प्रेमिल शरद घुल्न सकोस् ॥

Nepal Telecom ad

लक्ष्मीप्रसाद फुयाल :

१.
गरिबका झुपडीमा मात्रै दुई मुठ्ठी जाडो हुन्छ
बिहान बेलुका हातमुख जोड्नै पसारो हुन्छ
जाडो पनि हैँसियत हेरेर आइदेन ऐ प्रकृति !
धनीलाई वस्त्र छ गरिबलाई श्रम नै आगो हुन्छ ॥

२.
न वर्ग न वणर् सामाजिक हितमा सवै जुट्नुपर्छ
सद्भावको हात बढाउँदै राष्ट्रगितमा सबै जुट्नुपर्छ
आऊ हातेमालो गर्दै एउटा प्रेमको बिरुवा रोपौँ
व्यक्ति भन्दा समाजको जितमा सबै जुट्नुपर्छ ॥

३.
तलाउमा कमलसँगै पहरामा सुनाखरी फुल्न सकोस्
भोक, शोक, तृष्णा, तृप्ती सबैका घरमा डुल्न सकोस्
मधेशमा शितलहरको कहर, भोक अत्याउछ झुपडीमा
धनी गरिब सबैका झुपडीमा प्रेमिल शरद घुल्न सकोस् ॥

४.
पर्ख साथी ! अँधेरीरात ढलेपछि उज्यालो दिन उदाउँछ
उल्लुको उलुलु उलुलु मात्र होइन कोइलीले पनि गाउँछ
कलमले चेतना पोख्नुपर्छ विवेक ओछ्यावोस् आँखाले
हर नेपालीका रगतमा देशप्रेम भरे पक्कै खुशी आउँछ ॥

०००
पथरी शनिश्चरे, मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधुनिक तीज

आधुनिक तीज

लक्ष्मीप्रसाद फुयाल
जागौँ उठौँ युवा

जागौँ उठौँ युवा

लक्ष्मीप्रसाद फुयाल
बुख्याँचाको आतङ्क

बुख्याँचाको आतङ्क

लक्ष्मीप्रसाद फुयाल
नलेखिएको कविता

नलेखिएको कविता

लक्ष्मीप्रसाद फुयाल
माटोको कथा

माटोको कथा

लक्ष्मीप्रसाद फुयाल
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x