फित्काैली डटकमकवि विमल वैद्यको `युगको तटमा उभिएर´माथि विमर्श
वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान, २०७६, स्याङ्जाको आयोजनामा भएको कार्यक्रममा कवि वैद्यको एकल कविता वाचन सम्पन्न भएको हो।

वालिङ (स्याङ्जा), २०८० माघ २५ । कवि विमल वैद्यको कविता कृति `युगको तटमा उभिएर´माथि विमर्श तथा एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।
वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान, २०७६, स्याङ्जाको आयोजनामा भएको कार्यक्रममा कवि वैद्यको एकल कविता वाचन सम्पन्न भएको हो।
मिर्दीको नेचुरल भ्यु प्वाइन्ट रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको कार्यक्रममा कवि वैद्यको कविता कृतिमाथि युवा समीक्षक लक्ष्मण वियोगीले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए ।
पहिलो चरणमा कवि वैद्यले युगको तटमा उभिएरबाट ५ वटा कविता वाचन गरेका थिए । त्यसपछिको क्रममा कविहरू वसन्त खनाल, अनन्त अर्याल, बोधराज न्यौपाने, देशबन्धु आचार्य र शम्भु अर्यालले आ-आफ्ना सिर्जना वाचन गरेका थिए ।
दोस्रो चरणमा कवि वैद्यले आफ्ना थप ५ वटा कविता वाचन गरेका थिए । त्यसपछिको क्रममा कविहरू कमल बगाले, सुवासचन्द्र नेपाली, नारायणप्रसाद रेग्मी, हरि पङ्गेनी, डा. अच्युतशरण अर्याल, ध्रुवप्रसाद शर्मा पङ्गेनी, भीमप्रसाद पाण्डे र दमकुमारी बगालेले आ-आफ्ना सिर्जना वाचन गरेका थिए ।
तेस्रो चरणमा कवि वैद्यले केही मुक्तकसहित आफ्ना २ वटा उत्कृष्ट सिर्जना सुनाएका थिए । अभियानका संस्थापक कवि मिलन समीरद्वारा संयोजन गरिएको कार्यक्रम भव्य एवम् सभ्य रूपमा सम्पन्न भएको थियो ।
त्यसै गरी अभियानकै आयोजनामा साेही सभहलमा युवाकवि मसान उपासकको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक रूपमा सम्पन्न भएको कार्यक्रममा पहिलो चरणमा कवि उपासकले आफ्ना ६ वटा उत्कृष्ट कविता वाचन गर्नुभएको थियोे
त्यसपछिको क्रममा लक्ष्मी अधिकारी, वसन्ती अधिकारी, वसन्त खनाल, कमलप्रसाद बगाले, सीताराम अधिकारी, शम्भु अर्याल र ध्रुवप्रसाद शर्मा पङ्गेनीले आफ्ना कविता वाचन गर्नुभएको थियोे ।
दोस्रो चरणमा कवि उपासकले आफ्ना ६ वटा उत्कृष्ट कविता वाचन गर्नुभएको थियोे । कार्यक्रमको सहजीकरण अभियानका संस्थापक मिलन समीरद्वारा गरिएको थियोे ।
०००
Subscribe
Login
0 Comments
Oldest






































