साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिर्सिन् क्या यी शालिनीले मलाई

धेरै हिँड्छन् ढाल पोशाक लाई नाङ्गा हुन्छन् काम लाचार हाई थुङ्गा खोज्छन् बोट मासेर खाई बिर्सिन् क्यारे शालिनीले मलाई ।

Nepal Telecom ad

टङ्कराज ढकाल :

लेख्ने सोच्ने काम गर्दैछ भाई
दिन्छन् जान्छन् शब्द वाक्यांश आई
भन्छन् राम्रो लेख् तँ धेरै सवाई
बिर्सिन् क्यारे शालिनीले मलाई ।१

रोगी मान्छे लेख्न सक्दैन दाइ
भोगी ढोंगी देख्न जान्दैन जाई
भोको नाङ्गो चाट्न खोज्छ कराई
बिर्सिन् क्या हो शालिनीले मलाई ।२

डाँडाभाटा थाम गारो लडाई
न्यानो मान्छन् बास आफ्नो जलाई
ढोग्छन् पुज्छन् जो पराया भजाई
बिर्सिन् क्या यी शालिनीले मलाई ।३

सोच्छन् छानो आज आकाशलाई
मिच्दै जान्छन् चट्ट मेसो मिलाई
कुस्ती खेल्छन् हारमा तिल्मिलाई
बिर्सिन् क्या यी शालिनीले मलाई ।४

डाँडापाखा खेत टारी जलाई
आगो ताप्छन् हन्तकाली रमाई
खोला खोल्सी खै नदीको भलाई
बिर्सिन् क्या यी शालिनीले मलाई ।५

धेरै हिँड्छन् ढाल पोशाक लाई
नाङ्गा हुन्छन् काम लाचार हाई
थुङ्गा खोज्छन् बोट मासेर खाई
बिर्सिन् क्यारे शालिनीले मलाई ।६

सत्ताधारी धुन्धुकारी रजाई
गर्दैछन् के राजखानी चपाई
मर्दैछन् जो दामपैसा चढाई
बिर्सिन् क्यारे शालिनीले मलाई ।७

०००

नवलपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x