सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बिर्सिन् क्या यी शालिनीले मलाई

धेरै हिँड्छन् ढाल पोशाक लाई नाङ्गा हुन्छन् काम लाचार हाई थुङ्गा खोज्छन् बोट मासेर खाई बिर्सिन् क्यारे शालिनीले मलाई ।

Nepal Telecom ad

टङ्कराज ढकाल :

लेख्ने सोच्ने काम गर्दैछ भाई
दिन्छन् जान्छन् शब्द वाक्यांश आई
भन्छन् राम्रो लेख् तँ धेरै सवाई
बिर्सिन् क्यारे शालिनीले मलाई ।१

रोगी मान्छे लेख्न सक्दैन दाइ
भोगी ढोंगी देख्न जान्दैन जाई
भोको नाङ्गो चाट्न खोज्छ कराई
बिर्सिन् क्या हो शालिनीले मलाई ।२

डाँडाभाटा थाम गारो लडाई
न्यानो मान्छन् बास आफ्नो जलाई
ढोग्छन् पुज्छन् जो पराया भजाई
बिर्सिन् क्या यी शालिनीले मलाई ।३

सोच्छन् छानो आज आकाशलाई
मिच्दै जान्छन् चट्ट मेसो मिलाई
कुस्ती खेल्छन् हारमा तिल्मिलाई
बिर्सिन् क्या यी शालिनीले मलाई ।४

डाँडापाखा खेत टारी जलाई
आगो ताप्छन् हन्तकाली रमाई
खोला खोल्सी खै नदीको भलाई
बिर्सिन् क्या यी शालिनीले मलाई ।५

धेरै हिँड्छन् ढाल पोशाक लाई
नाङ्गा हुन्छन् काम लाचार हाई
थुङ्गा खोज्छन् बोट मासेर खाई
बिर्सिन् क्यारे शालिनीले मलाई ।६

सत्ताधारी धुन्धुकारी रजाई
गर्दैछन् के राजखानी चपाई
मर्दैछन् जो दामपैसा चढाई
बिर्सिन् क्यारे शालिनीले मलाई ।७

०००

नवलपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
छाक टारौँ कसोरी

छाक टारौँ कसोरी

टङ्कराज ढकाल ‘तितेपाती’
खेदौँ फटाहा

खेदौँ फटाहा

टङ्कराज ढकाल ‘तितेपाती’
नशा 

नशा 

टङ्कराज ढकाल ‘तितेपाती’
उधारो नतिर्ने पारा छ के हो ?

उधारो नतिर्ने पारा छ...

टङ्कराज ढकाल ‘तितेपाती’
छोपेर छोपिन्न

छोपेर छोपिन्न

टङ्कराज ढकाल ‘तितेपाती’
अगस्ति झमेला

अगस्ति झमेला

टङ्कराज ढकाल ‘तितेपाती’
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल