साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भकुण्डो

हाल्फ टाइम भयो अब रेफ्रीले नयाँ टिम सेट गर्‍यो, कोहि अघिका प्रतिद्वन्दी अहिले सहखेलाडी भए, कोहि अघिका सहखेलाडी अहिले प्रतिद्वन्दी भए, तर भकुन्डो उहीँ पुरानै...!

Nepal Telecom ad

दिप मंग्राती :

यता… यता…
यता पास हान्नुहोस यता…
ए उसलाई टेक्कल गरौँ है…
गोल हान्न नदिउँ है…
यसरिनै कराउँदै फुटबल खेल्दै थिए खेलाडीहरू…

पक्ष विपक्ष त दुइटा मात्रै हो, तर खेलाडिहरु दुवै पक्षमा छास्मिस थिए, कोइ रुख छाप, कोइ सूर्यछाप, कोइ घन्टी, छाता… यस्तै यस्तै छापेहरू…
खेल एउटा, पक्ष दुईओटा, खेलाडी थरिथरीका…! रङ्गी चङ्गी छालाका ३ करोड टुक्राहरूलाई एउटै धागोले सिलाएर बनाएको भकुन्डो कहिले गुड्किन्थ्यो, कहिले उफ्रन्थ्यो, कहिले कस्को खुट्टामा, कहिले कसको टाउकोमा, कहिले छातीमा, कहिले ढाडमा…! उफ्रिरहेको थियो । हुन त भकुन्डोको नियती नै, यहि हो…! त्यसैले ऊ उफ्रिरहेको थियो, सबै खेलाडीहरूले उफारी सकेका थिए, खेलाई रहेका थिए त्यो रङ्गी चङ्गी भकुन्डोलाई ।

सबै गोल हाल्ने दाउमा नै थिए…!
खेलाडीहरूले गोल खेलाई रहेका थिए, खेलाडीहरूलाई रेफ्रीले खेलाई रहेका थिए ।
कहिले फल्ट भएकोलाई गोल भनी दिन्थ्यो, त कहिले गोल भएकोलाई फल्ट भनी दिन्थ्यो…!

कहिले एक पक्षले त कहिले अर्को पक्षले गोल गर्दै गए, भकुन्ड कहिले यसको पाउ, कहिले उसको पाउ ठोक्किँदै रह्यो ।

हाल्फ टाइम भयो अब रेफ्रीले नयाँ टिम सेट गर्‍यो, कोहि अघिका प्रतिद्वन्दी अहिले सहखेलाडी भए, कोहि अघिका सहखेलाडी अहिले प्रतिद्वन्दी भए, तर भकुन्डो उहीँ पुरानै…!

रेफ्री पनि फेरिँदै रहे, कहिले काला, कहिले गोरा, कहिले चुच्चे, कहिले नेप्टे…!
खेल यसरी नै हुँदै थियो, भकुन्डो यसरीनै उफ्रँदै थियो, कहिले यो खुट्टामा, कहिले उखुट्टामा कहिले यो पोस्ट्मा छिथ्र्यो, कहिले ऊ पोस्टमा छिथ्र्यो…!र अन्त्यमा खेल्दा खेल्दै अचानक ड्याम्मको जोडदार आवाज गर्दै भकुन्डो फुट्यो ??

०००
हाल बेलायत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिको

सिको

दिप मंग्राती
घण्टा

घण्टा

दिप मंग्राती
अकर्मण्यता

अकर्मण्यता

दिप मंग्राती
चस्मा

चस्मा

दिप मंग्राती
धमिरा

धमिरा

दिप मंग्राती
नेताजी

नेताजी

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x