साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रू. ६ लाखकाे ‘स्वीकारोक्ति सिद्धि पुरस्कार’ लीलबहादुर क्षेत्रीलाई

नेपाली ६ लाख अर्थात् भारु. ३ लाख ७५ हजार नगद राशि रहेकाे यो पुरस्कार स्वीकारोक्ति दर्शनका प्रवर्तक डेन्जोम साम्पाङ र स्विकारोक्ति फाउन्डेसन अन्तर्राष्ट्रिय सम्पर्क, समन्वय तथा कार्यक्रम आयोजना प्रमुख कर्ण गुरुङले क्षेत्रीलाई समर्पण गरे ।

Nepal Telecom ad

काठमाडाैं, २०८० मङ्सिर २४ । ‘स्वीकारोक्ति सिद्धि पुरस्कार’ ख्यातीप्राप्त उपन्यास कृति बसाइँका लेखक लीलबहादुर क्षेत्रीलाई समर्पण गरिएकाे छ ।

स्वीकारोक्ति फाउन्डेसनले सन् २०२२ मा अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग सहरमा सम्पन्न जिविएलओको अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा घोषित ‘स्वीकारोक्ति सिद्धि पुरस्कार’ लीलबहादुर क्षेत्रीलाई समर्पण गरेको हो ।

नेपाली ६ लाख अर्थात् भारु. ३ लाख ७५ हजार नगद राशि रहेकाे यो पुरस्कार स्वीकारोक्ति दर्शनका प्रवर्तक डेन्जोम साम्पाङ र स्विकारोक्ति फाउन्डेसन अन्तर्राष्ट्रिय सम्पर्क, समन्वय तथा कार्यक्रम आयोजना प्रमुख कर्ण गुरुङले क्षेत्रीलाई समर्पण गरे ।

कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।समाराेहमा सहभागी हुन नेपालबाट पुगेका डा. गाेविन्दराज भट्टराईले फित्काैलीलाई दिएकाे जानकारी अनुसार कार्यक्रम पल्टन बजारको एक भव्य होटलमा आयाेजना गरिएकाे थियाे ।

९१ वर्षीय श्री लीलबहादुर छेत्री स्वीकारोक्ति अभियान अमेरिकाले सरलाई छ लाखको भव्य अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मान, पुरस्कार साथ अभिनन्दित गर्यो । हामी त्यसका साक्षी भयौँ । लील बहादुर छेत्रीकै नाममा स्थापित अर्काे पुरस्कार भने आसामका स्रस्टा खड्गबहादुर कौशिकलाई प्रदान गरियो । भट्टराईले भन्नु भयाे ।

त्यही समाराेहमा आठवटा कृति विमोचन मुख्य कर्म सम्पन्न भए । दुई सय जतिको उपस्थितिमा विमोचित आठ कृति मध्ये एउटा डा. गाेविन्दराज भट्टराइकाे आसमिज भाषामा अनूदित मुगलान उपन्यास पनि थियो। तेजपुरका छत्रमान सुब्बाले नेपालीबाट असमिजभाषामा अनुवाद गरेका हुन् ।

लीलबहादुर क्षेत्री नेपाली साहित्यको पुस्तक बिक्रीमा कीर्तिमान राख्ने ‘बसाईं’ का साथै ‘ब्रम्हपुत्रकाे छेउछाउ’ र ‘अतृप्त’ उपन्यासका स्रष्टा हुन् । ‘बसाईं’ उपन्यास विभिन्न भाषामा अनुवाद हुनुका साथै सोही उपन्यासको आधारमा चलचित्र समेत बनेको छ ।

स्वीकारोक्ति फाउन्डेसनको ११ औँ वार्षिक उत्सवको अवसरमा आयोजना भएको विश्व यात्रा २०२३ नेपालको झापा बेलडाँगीबाट सुरु भई नेपालका विभिन्न सहरमा कार्यक्रम गर्दै भारतको दार्जिलिङ, सिक्किम हुँदै गुवाहाटी पुगेको अवसरमा सो कार्यक्रमको आयोजना गरेको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x