साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचारी जन जति चुनी लाग्छ आगो लगाऊँ

इँट्टा पोल्छन् गरिब जनका देह यी दाउरा हुन् मान्छे मार्ने कतिपय छुटे नोट अर्बौं बुझे हुन् नाङ्गो चाला कुकुरसरिका नाच्दछन्, यी भगाऊँ भ्रष्टाचारी जन जति चुनी लाग्छ आगो लगाऊँ ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

(सन्दर्भ : भ्रष्टाचार विरुद्ध दिवस)

हाम्रो राम्रो मुलुक अहिले हाल बेहाल पारे
कालो धन्दा कति कति गरे द्रव्य जोरे थुपारे
यस्ता घाती शठ सब चुटी देशबाटै भगाऊँ
भ्रष्टाचारी जन जति चुनी लाग्छ आगो लगाऊँ ।१

पानी सुम्पे सलल बहने देशको भाग्य खोसी
माटो सुम्पे सरहद सबै छेउका दुष्ट पोसी
नौला नौला प्रहसन झिकी गर्दछौ मात्र खाऊँ
भ्रष्टाचारी जन जति चुनी लाग्छ आगो लगाऊँ ।२

मान्छे बेच्छन् परमुलुकमा हो विदेशी भनेर
जालो काट्छन् खबर जनमा रोक्नलाई सबेर
सामाग्रीका कतिपय लुटे यान गुन्डा, समाऊँ
भ्रष्टाचारी जन जति चुनी लाग्छ आगो लगाऊँ ।३

सत्तामा नै रमझम गरी बस्न पुज्दैछ पाउ
आफ्नो घ्यम्पो कलुष मनले भर्छ गर्दैछ ढ्याउ
अग्ला अग्ला महलबिचका भ्रष्ट नेता ठटाऊँ
भ्रष्टाचारी जन जति चुनी लाग्छ आगो लगाऊँ ।४

इँट्टा पोल्छन् गरिब जनका देह यी दाउरा हुन्
मान्छे मार्ने कतिपय छुटे नोट अर्बौं बुझे हुन्
नाङ्गो चाला कुकुरसरिका नाच्दछन्, यी भगाऊँ
भ्रष्टाचारी जन जति चुनी लाग्छ आगो लगाऊँ ।५

शिक्षा दीक्षा उचित पथको जो दिने हुन् उडाए
छोराछोरी परमुलुकमा पढ्नलाई पठाए
हाम्रो चुस्छन् रगत पसिना भ्रष्ट यी ठोक्न जाऊँ
भ्रष्टाचारी जन जति चुनी लाग्छ आगो लगाऊँ ।६

०००
बैजनाथ -१, चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (७)

पाकाहरूबाट सिकाैँ (७)

घनश्याम रेग्मी
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
0
Would love your thoughts, please comment.x
()
x